दमक | १७ पुस | गत भदौ २४ गते भएको जेन जि आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट फरार रहेका लागुऔषध मुद्दाका थुनुवा पुनः पक्राउ परेका छन्।
फरार थुनुवा दमक नगरपालिका–८ निवासी २८ वर्षीय राजिप मण्डललाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मिति २०८२ साल पुस १७ गते अन्दाजी साँझ साढे चार बजे दमक नगरपालिका–७ स्थित पशुहाट क्षेत्रबाट फेला पारी नियन्त्रणमा लिएको हो।
पक्राउ परेका मण्डललाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।









