कतारले दियो राष्ट्रिय दिवसको अवसरमा १३ जना नेपाली कैदीलाई आममाफी

काठमाडौं,१८ पुस। कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको छ ।

परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको छ । परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीको अवसरमा १३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको बताएको छ।

उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि सरकारले कतार सरकारप्रति आभार प्रकट गरेको छ । यसले नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा रहेको बताउँदै मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गरिएको बताएको छ ।

यसअघि नेपालले हालै २ वटा हात्ती उपहार दिएको थियो । कतारमा हाल करिब ५ लाख नेपाली कार्यरत रहेका छन् । गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपालीहरू वैदेशिक रोजगारीका कतार गएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा