दमक उद्योग वाणिज्य संघको रोचक चुनाव

मतदाताले यसो भनीरहदा उम्मेद्धवारका कुरा चाहि कस्ता ?

दमक, १८ पुस। दमक ७ स्थित पशुहाट । शुक्रबार यहाँको अवस्था निकै रोचक थियो । मुख्य बाटो देखी वार्ड कार्यालय परिसर सम्मनै लामो लाईन । ठाउँ ठाउँमा नमस्ते गरीएका बडेमान बोर्ड तथा ब्यानरहरु देखिन्थे । सबै ब्यानरमा मत अपील गरिएको थियो ।
यी दृष्य र अवस्था हेर्दा लाग्यो यहाँ निकै रोचक चुनाव हुँदै छ । चुनाव त हो नै । अझ निकै शक्तिशाली निकाय वा केन्द्रकोनै झझल्को दिने गरीका चुनावी रौनक र माहोल थियो यहाँको ।

तर यो चुनाव न कुनै पालिका सरकार बनाउने हो , न त सांसद छन्ने नै हो । यो चुनाव व्यापारीले आफ्नो नेता छान्ने चुनाव मात्रै हो । पूर्वका अन्य शहर जस्तो ठुलो व्यापारीक कारोबार हुने बजार समेत हैन दमक । तर यहाँका व्यापारीका नेतालाई यो चुनाव जीत्नु निकै ठुलो सफलता हात पार्ने र शक्ति आर्जन गर्ने गरी प्रस्तुत गराइएको छ ।
दमक उद्योग वाणिज्य संघको निर्वाचनको रोचक परिस्पर्धाको दृष्य हो यो । यो पटकको चुनाव रोचक यसमानेमा पनि छ कि अरुबेला खासगरी दुईवटा प्यानल चुनावी प्रतिस्पर्धामा देखिन्थे । तर यो पटक चाहि तीनवटा प्यानलको प्रतिस्पर्धा निकै रोचक छ ।
यहाँको दृष्य अझ रोचक चाहि उम्मेदवार, उम्मेदवारका प्रतिनिधी जो भोट मागीदिनेहरु छन् तीनको संख्या झण्डै झण्डै मतदाताको भन्दा धेरै छ । पशुहाटको सडकबाट छिरेदेखी मतदान स्थल सम्म पुग्दा उम्मेदवार र उम्मेदवारका प्रतिनिधीले मत माग्न र भोट हाल्न भन्दै दिएका कार्ड र नमुना मतपत्रले हात भरीन्छ । गोजी छ भने त्यो पनि भरीने गर्दथे । तर गेटमा पुगेपछि ती चीरकटोलाई प्रहरीले बाहिरै राख्न र मोवाईल समेत भीत्र लैजान निशेध गरेको दृष्य पनि देखिन्थे ।
मतदान स्थल आउने हरेक मतदातालाई सहज होस भन्न एउटै व्यालेटमा पाँचवटै मतपत्रमा मतदान गर्ने व्यवस्था मिलाइएको थियो । मतदान केन्द्र बाक्लै थिए । एकजना मतदाताले बढिमा ५ देखी १० मिनेटमा मतदान गरेर निस्कने गरीको व्यवस्था मिलाइएको निर्वाचन समितीका संयोजक लीला गुरागाईले जानकारी दिनुभयो ।

यसरी मतदान केन्द्रबाट मतदान गरेर फर्केका मतदाताहरुमा बेग्लै आशा र अपेक्षाको भाव देख्न सकिन्थ्यो । उनीहरु व्यापारीका समस्यामा अटल भएर उभीने नेतृत्वलाई मतदान गरेको छु भन्नेमा विस्वास गरेर बाहिर निस्की रहेका थीए ।

दमक उद्योग वाणिज्य संघको निर्वाचनमा जीतेर जो गएपनि व्यापारीका यी अपेक्षा पुरा गर्न नसकेको गुनासो पनि व्याप्त छ । आफ्नो मताधिकार प्रयोग गरौ भनेर कतिपयले औपचारीकता मात्रै पुरा गरेको पनि प्रतिकृया दिएका छन् । यस अघी संघमा नेतृत्व गर्न आउनेहरु अमुख पार्टिको यस मेन र रीवन काट्ने औपचारीक कार्यक्रममा मात्रै सहभागी भन्ने गुनासोपनि उत्तीकै छ । अहिलेपनि अघोषीत रुपमा काग्रेस–नेकपा, राप्रपा र एमालेमा आस्थावान व्यवसायीहरुले प्यानल प्यानलनै बनाएर चुनावमा होमीनु भएको छ । तर अव चाहि यो चुनावबाट जीतेर जानेले पार्टिको निर्देशन नमान्ने र औपचारीक कार्यक्रममा कम मात्रै हिड्ने प्रतिवद्धता उम्मेदवारहरुको छ ।

यो पटकको चुनाव त्रीपक्ष भीडन्त भएपनि प्रचरका काम रचनात्मक बने । कसैैले सभा–सम्मेलन गरेनन । कोहि प्रति घोचपेच भएन । आफ्ना एजेण्डा र मुद्धाहरु मतदाता भेटेरै प्रत्यक्ष भने । मिडिया र सामाजीक सञ्जालको प्रयोग अधिक गरेको देखियो । यसले अव निर्वाचनको तरिका र माहोलमा केहि हार्दिकता र सिर्जनशीलता देखिन थालेके संकेत पनि दमकको उद्योग वाणिज्य संघको निर्वाचनले देखाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा

बाढी–पहिरोले ७ प्रमुख राजमार्ग ठप्प, ५१ सडक भने सुचारु

काठमाडौं,५ साउन। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन्। सडक विभागले

धनुषामा ’एक विद्यार्थी एक रुख’ अभियान सुरु

जनकपुर,५ साउन । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३