भद्रपुरमा जहाज दुर्घटना , सबै यात्रु सकुशल , ३०० मिटर अगाडि भासिएर क्षति

भद्रपुर|  १८ पुस | झापाको भद्रपुर एयरपोर्टमा आज राति बुद्ध एयरको जहाज दुर्घटनाग्रस्त भएको छ।

आज करिब ९ बजेर १० मिनेटको समयमा काठमाडौँबाट भद्रपुर चन्द्रगढीका लागि उडेको बुद्ध एयरको ATR–७२ जहाज अवतरणका क्रममा रन–वे पार गर्दै पूर्वतर्फ करिब ३०० मिटर अगाडि भासिएर क्षतिग्रस्त भएको हो।

उक्त जहाजमा ५१ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी कुल ५५ जना सवार थिए। प्रारम्भिक जानकारी अनुसार सबै यात्रु र चालक दलका सदस्यलाई जहाजबाट सुरक्षित रूपमा बाहिर निकालिएको छ।

हालसम्म मानवीय क्षतिको विषयमा यकिन विवरण आउन बाँकी रहेको र त्यस सम्बन्धमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रमुख राजन लिम्बुको नेतृत्वमा ७० जनाको टोली घटनास्थलमा खटिएको छ। सुरक्षाकर्मी, विमानस्थल कर्मचारी र उद्धार टोलीले घटनास्थललाई नियन्त्रणमा लिँदै थप अनुसन्धान अघि बढाएका छन्।

उक्त जहाज आज साँझ ८ बजेर २३ मिनेटमा काठमाडौँबाट चन्द्रगढीका लागि उडेको थियो। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा

बाढी–पहिरोले ७ प्रमुख राजमार्ग ठप्प, ५१ सडक भने सुचारु

काठमाडौं,५ साउन। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन्। सडक विभागले

धनुषामा ’एक विद्यार्थी एक रुख’ अभियान सुरु

जनकपुर,५ साउन । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३