दमक, १९ पुष । दमक उद्योग वाणिज्य संघको सुक्रबार सम्पन्न भएको मतदान अन्तर्गत अहिलेपनि मतगणना जारी छ । राती अवेर देखी गन्न थालीएकोमा अहिले सम्म ९ सय मत गणना गरिसकिएको निर्वाचन समितीका संयोजक लीला गुरागाईले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष पदमा रहेका तीन प्रत्यासी मध्ये देवि प्रसाद गुरागाई(गोपाल) अग्रस्थानमा हुनुहुन्छ । पछिल्लो मतपरिणाम अनुसार गुरागाईले ३८७ मतका साथ आफ्नो अग्रता कायमै राख्नु भएको छ भने अन्य दुई प्रत्यासीहरु भरत चौलागाई र राजु खड्काले क्रमश २५६ र २४४ मत ल्याउनु भएको छ ।
यस्तै बरिष्ठ उपाध्यक्षमा भगवान बस्नेतको सुरुवाती अग्रता पछिल्लो समय सम्मपनि कायमै छ । ९ सय मत मध्ये बस्नेत ३८७ मत सहित अग्र स्थानमा हुनुहुन्छ भने अन्य प्रत्यासीहरु राजकुमार योङया र ज्ञाननाथ पौडेलले क्रमश २६७ र २५५ मत ल्याउनु भएको छ ।
प्रथम उपाध्यक्षमा रुवल अधिकारीको अग्रता निरन्तर रहेको छ । उहाँले ४२७ मत ल्याएर आफ्नो अग्रता अहिलेसम्म कायमै राखीरहनु भएको छ । यस्तै तुलसी तिम्सिना र सनील शाहले क्रमश २८० र १५५ मत ल्याउनु भएको छ ।
यसैगरी द्धितिय उपाध्यक्षमा टिकाराम खतिवडाको अग्रता देखिएको छ । उहाँ ३९८ मतका साथ अहिले सम्म अग्रस्थानमा हुनुहुन्छ भने नबिन अग्रवाल २४५ र रमेश लुईटेलले २२३ मत प्राप्त गर्नु भएको छ ।
यता तृतिय उपाध्यक्षमा विवेक श्रेष्ठको मत अग्रस्थानमा रहेको छ । उहाँले ३२२ मतका साथ लीड गरिरहदा सुवास गडतौला र उमेश गजमेरले क्रमश ३०३ र २४९ मत ल्याउनु भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार महिला उपाध्यक्षमा संगीता तुम्बापोले ३५० मत ल्याएर आफुलाई निरन्तर अग्रस्थानमा राखीरहनु भएको छ । यस्तै सुस्मा निरौला र लोकमाया ढुङ्गानाले क्रमश २३४ र १७८ मत प्राप्त गर्नुभएको छ ।
कुल २ हजार २९८ मत दाता रहेको संघमा २ हजार ३८ मत खसेको थियो । दमक उद्योग वाणिज्य संघको सभाहलमा मतगणना अहिलेपनि जारी रहेको छ ।









