दमकमा रन्धोज नेम्वाङ ‘रङसाङ’को प्रतिमा अनावरण, देखियो यस्तो माहोल

दमक, २०, पुष । मुन्धुम तथा किरात ज्योतिष शास्त्रका प्रतिवादक रन्धोज नेम्वाङ‘रङसाङ’को प्रतिमा अनावरण गरीएको छ ।

उहाँको १०९ औ जन्मजयन्तीको अवसर पारेर उहाँको प्रतिमा अनावरणसाथै उहाँको जीवनीपरक कृति, मुल्याङन ग्रन्थ लोकापर्ण कार्यक्रम सम्पन्न गरीएको छ ।
शनिबार दमक ३ स्थित दुम्सेमा भव्य कार्यक्रमको आयोजना गरी नेम्वाङको व्यक्तित्वबारेमा चर्चा समेत गरीएको थियो ।
सो अवसरमा दमक नगरपालिकाकी उप प्रमुख रेगीना भट्टराई प्रसाईले साधक, मुन्धुम तथा किरात ज्योतिष शास्त्रका प्रतिवादन गरी समाज रुपान्तरण गर्ने महा अभियानमा नेम्वाङले पुर्याउनु भएको योगदानको चर्चा गर्नु भयो । यस्ता व्यक्तिको शालीक बनाएर सम्मान गर्ने काम स्थानीय सरकारलेनै गर्नुपर्ने भएपनि अहिले जसरी भइरहेको छ त्यसमा आफुहरुको समर्थन र साथ रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नु भयो समाज रुपान्तरण गर्न, जात, धर्म र समुदाय केन्द्रितले मात्रै हुँदैन । यसले समग्र मानव जीवन र अवस्थामा परिवर्तन ल्याउन सक्नु पर्छ । र यो काम रन्धोज नेम्वाङ‘रङसाङ’बाट सम्भव भएको भन्दै उहाँले प्रशंषा गर्नु भयो ।

याक्थुङ नेम्वाङ समाज नेपालका केन्द्रिय अध्यक्ष प्रिया कुमार नेम्वाङको प्रमुख आतीथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिभिन्न श्रष्टाहरुले रचना वाचन समेत गर्नु भएको थियो । साथै बिभिन्न कलाकारहरुले गीत तथा नृत्यहरु , हाकपारे समेत गाएर माहोललाई थप रमाईलो र स्मरणमय बनाएको श्री रन्धोज नेम्वाङ‘रङसाङ’ स्मृति प्रतिस्ठान शालिक निर्माण समितीका अध्यक्ष दल बहादुर नेम्वाङले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा

बाढी–पहिरोले ७ प्रमुख राजमार्ग ठप्प, ५१ सडक भने सुचारु

काठमाडौं,५ साउन। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन्। सडक विभागले

धनुषामा ’एक विद्यार्थी एक रुख’ अभियान सुरु

जनकपुर,५ साउन । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३

हर्क साम्पाङ जानकी मन्दिर आउने भएपछि जनकपुरमा विरोध प्रदर्शन

जनकपुर,५ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले जनकपुरधामको जानकी