दमक उद्योग वाणिज्य संघमा बिजयी हुनेहरुले निकाले ‘धन्यवाद र्याली’

दमक , २० पुष । दमक उद्योग वाणिज्य संघको शुक्रबार सम्पन्न भएको निर्वाचन र शनिबार प्राप्त मत परिणामबाट बिजयी भएकाहरुले आईतबार बिजयी उत्सव मनाएका छन् ।
दमक बजार स्थित दमक सहकारीको प्रङ्गणमा भेला भइ सम्पूर्ण पदका पदाधिकारी र सदस्य तथा लेखा समिती बिजयी र्यालीमा सहभागी भएका हुन । र्याली निकाल्नु अघी आयोजीत संक्षीप्त औपचारीक कार्यक्रमलाई संवोधन गर्दै संघका पूर्व अध्यक्ष गोकुल श्रेष्ठले दमकका व्यापारीले व्यापारीको नेता चुन्न सफल भएको र यो नेतृत्वलेनै दमकको बजारको अवस्था कस्तो बनाउने र कहाँ पुर्याउने भन्नेगरीको दिशा तय गर्ने भएकोले त्यही अनुसार काम गर्न सुझाव दिनुभयो ।

निर्वाचनले अध्यक्षमा दोस्रो कार्यकालका लागी गोपाल गुरागाईलाईनै चयन गरेको थियो । सो अवसरमा बोल्दै नव निर्वाचीत अध्यक्ष गुराईले भन्नु भयो ‘व्यापारीका हरेक समस्या र अप्ठ्यारका पक्षमा सरकारका जुनसुकै तह र निकायमा पनि उभीएर निष्पक्ष काम गर्ने छु ।

कार्यक्रममा सहभागीहरुले बिजयी पदाधीकारी तथा सदस्यहरुलाई खादा, माला तथा अवीर लगाएर सम्मान प्रकट गरेका थीए । यसपछि सुरु भएको र्यालीमा बिजयी भएकाहरुलाई चोक चोक र बजार बजारमा व्यापारीहले समेत पसलबाट निस्केर स्वःस्फूत खादा मला लगाएर सम्मान गरेका थीए ।

बिजयी भएकाहरुले पनि दमकका व्यापारीको अभिभावक बनाउन मन र मतमार्फत सहयोग गर्नु भएको भन्दै सबै व्यापारीहरुप्रति कृतज्ञता व्यक्त गरेका थीए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन शाह र तयारी पोशाक उद्योगीबीच छलफल हुँदै

काठमाडौं,५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने हुनु भएको छ। मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ महानगरद्वारा १२ विधामा व्यवसाय कर वर्गीकरण

काठमाडौँ,५ साउन । काठमाडौँ महानगरपालिका भित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।