किर्ते नागरिकता बाबुछोरा नै सप्तरीको प्रहरीको हिरासतमा

झापा, पुष २० । किर्ते नागरिकता प्रकरणमा झापा शिवसताक्षीका बाबुछोरा नै सप्तरीको प्रहरीको हिरासतमा रहेका छन् ।

सप्तरी प्रहरीले झापा शिवसताक्षी नगरपालिका ८ बस्ने २३ वर्षीय पप्पु ठाकुर र उनका बुबा राजकुमार ठाकुरलाई हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ। सरकारी छाप दस्तखत किर्ते गरी नक्कली नेपाली नागरिकता प्रमाणपत्र बनाएको आरोपमा सप्तरी जिल्ला अदालतबाट शुक्रवार ५दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी डम्बर पुरीले बताउनु भयो । उहाँले किर्ते नागरिकता प्रकरणमा संलग्न रहेको हुनसक्ने गिरोहका बारेमा अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।

गत बिहीवार नक्कली नागरिकतासहित पप्पु ठाकुर बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित शिवम् मिठाइ पसलबाट पक्राउ परेका हुन् । पसल संचालकले जिल्ला प्रशासन कार्यालय झापालाई दिएको सूचनाको आधारमा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईको नेतृत्वमा खटिएको सादा पोशाकका प्रहरी र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले ठाकुरलाई नक्कली नेपाली नागरिकताको प्रमाणपत्रसहित पक्राउ गरेको हो ।

पक्राउ पर्ने पप्पु ठाकुरसंग उनका बुवा राजकुमार ठाकुरको नाम भएको नक्कली नागरिकता फेला परेको हो । जुन नागरिकतामा ठेगाना सप्तरी गाउँपालिका वडा नं ५ राजगढ उल्लेख गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन शाह र तयारी पोशाक उद्योगीबीच छलफल हुँदै

काठमाडौं,५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने हुनु भएको छ। मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ महानगरद्वारा १२ विधामा व्यवसाय कर वर्गीकरण

काठमाडौँ,५ साउन । काठमाडौँ महानगरपालिका भित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।