झापा इनर्जीले पाँच महिनामा कति मूल्यको विद्युत् बिक्री गर्‍यो ?

झापा,२० पुस । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको जनाएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२–८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको छ।

शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालनमा रहेको छ । झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युत्को व्यावसायिक उत्पादन गर्दै आएको छभने त्यसअघि २०७८ साल मङ्सिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत् खरिद बिक्रीको सम्झौता (पीपीए) गरेको हो।

बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको हो । परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएको छ । परियोजनाबाट उत्पादित सौर्य विद्युतलाई एक किलोमिटरको दूरीभित्रै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेशनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

झापा इनर्जीले आव २०८०–८१ मा पाँच करोड २८ लाख ८४ हजार ७७७ मूल्यबराबरको सौर्य विद्युत् उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो । आर्थिक वर्ष २०८१–८२ मा बिक्री बढेर रु नौ करोड १० लाख ५९ हजार ४७५ पुगेको अध्यक्ष लिम्बूले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन शाह र तयारी पोशाक उद्योगीबीच छलफल हुँदै

काठमाडौं,५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने हुनु भएको छ। मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ महानगरद्वारा १२ विधामा व्यवसाय कर वर्गीकरण

काठमाडौँ,५ साउन । काठमाडौँ महानगरपालिका भित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।