पूर्वी सीमा काँकरभिट्टाबाट सशस्त्र प्रहरीको देशव्यापी झण्डा मार्च कार्यक्रम सुरु

झापा, २० पुष । सशस्त्र प्रहरीको देशव्यापी पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम पूर्वी सीमा काँकडभिट्टाबाट शुरु भएको छ । सशस्त्र प्रहरी बल, नेपालको २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा पूर्वी झण्डा मार्च टोलीले आइतबार बिहान काँकडभिट्टा सीमा क्षेत्रबाट झण्डा मार्च शुरु गरेको हो । सोही समयमा पश्चिमी टोलीले कञ्चनपुरको गड्डाचौकी सीमा क्षेत्रबाट औपचारिक रूपमा मार्च पास शुभारम्भ गरेको हो।

सशस्त्र प्रहरी बल, नेपालको २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को ऐतिहासिक अवसरलाई स्मरणीय, प्रेरणादायी तथा राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले “पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम” को आयोजना गरेको बताइएको छ । यस कार्यक्रमअन्तर्गत संगठनका दुई सशक्त टोलीहरू देशको पूर्वी तथा पश्चिमी सीमा क्षेत्रबाट राष्ट्रिय झण्डा र संगठनको झण्डा बोकी एकैसाथ मार्च प्रारम्भ गरिएको छ ।

३५ जना सशस्त्र प्रहरी कर्मचारीहरूको टोलीले राष्ट्रिय झण्डा र संगठनको झण्डासहित काँकडभिट्टाबाट दक्षिण भद्रपुरतर्फ मार्च गर्दै विभिन्न सीमा बस्तीहरूमा संगठनको उपस्थिति, राष्ट्रप्रेम, राष्ट्रिय एकता र सीमा सुरक्षाप्रतिको प्रतिबद्धताको सशक्त सन्देश प्रवाह गर्दै झापाको गौरीगंजस्थित सीमा क्षेत्रबाट मोरङको टोलीलाई औपचारिक रूपमा झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

उक्त झण्डा मार्च कार्यक्रमले सशस्त्र प्रहरी बल, नेपालको २५ बर्षको गौरवशाली इतिहास, त्याग, अनुशासन र सेवाभावलाई स्मरण गराउँदै राष्ट्र, जनता तथा सीमाको सुरक्षाप्रति संगठनको अटुट संकल्पलाई उजागर गर्ने विश्वास लिनुका साथै यस कार्यक्रमले सम्पूर्ण नेपाली नागरिकमा राष्ट्रिय एकता, देशभक्ति तथा सुरक्षाप्रतिको साझा उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने अपेक्षा समेत गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक रोहितबहादुर घिमिरेले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन शाह र तयारी पोशाक उद्योगीबीच छलफल हुँदै

काठमाडौं,५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने हुनु भएको छ। मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ महानगरद्वारा १२ विधामा व्यवसाय कर वर्गीकरण

काठमाडौँ,५ साउन । काठमाडौँ महानगरपालिका भित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।