गस्ती टोली परिचालन

झापामा हात्तीबाट पीडित परिवारलाई राहत उपलब्ध गराँइदै

झापा,२१ पुस । झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई एक करोड ३७ लाख ३८ हजार ६४ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिनु भयो ।
यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन्, भने एउटा हात्ती मृत फेला परेको उहाँले बताउनु भयो । हात्तीको आक्रमणबाट सख्त खाइते दुई जनालाई चार लाख, मृतक चार जनाको परिवारलाई ४० लाख, १० वटा पशुधन क्षतिवापत एक लाख, एक सय ८४ परिवारले भण्डार गरेको अन्नमा क्षति भएबापत १४ लाख ५३ हजार सात सय ६४, दुई सय ३५ वटा घरगोठमा क्षति भएबापत ३७ लाख २२ हजार तीन सय र चार सय ४८ किसानको अन्नबालीमा क्षति पुर्याएबापत ४० लाख ६२ हजार क्षतिपूर्ति उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाले बताएको छ ।
राहत उपलब्ध गराइएका मध्ये गत आर्थिक वर्ष २०८१÷८२ का सात सय दुई जना रहेका छन् भने चालु आर्थिक वर्षमा हात्तीबाट पीडित बनेका एक सय ८१ जनालाई राहत प्रदान गरिएको हो थप ११ परिवारलाई २१ लाख राहतका लागि सिफारिस गरिएको हो । केही दिनमै उनीहरुलाई समेत राहत रकम उपलब्ध गराइने पाठकले बताउनु भयो ।
राहत प्रक्रियालाई सहज बनाउन जिल्लाका चार स्थानमा रहेको सब डिभिजन कार्यालयबाट पीडितले निवेदन व्यवस्था गरिएको छ । मेची सब डिभिजन, कनकाई सब डिभिजन, जलथल सब डिभिजन र दमक सब डिभिजनबाट वन्यजन्तु पीडितले सरकारले उपलब्ध गराउने राहतका लागि निवेदन दिन सक्ने पाठकले बताउनु भयो ।
राहत प्रक्रिया झन्झटिलो भएकालेसमेत समयमै राहत वितरण गर्न नसकिएको वन कार्यालयका कर्मचारी बताउँछन् । हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही १० लाख, घाइतेलाई अधिकतम दुई लाख, चौपाया, अन्नबाली र भौतिक संरचना क्षतिको भएको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आइएको जानकारी पाइएको छ ।
गस्ती टोली परिचालन
डिभिजन वन कार्यालयले हात्तीबाट धानबाली जोगाउन र क्षति न्यूनीकरणका लागि गस्ती टोली परिचालन गरिएको छ। यसका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष कम क्षति भएको वन अधिकृत पाठकले बताउनु भयो । “धानबाली जोगाउन र भारतबाट हात्ती प्रवेश रोक्न वन रक्षकको टोली परिचालन गरेका थियौँ”, उहाँले भन्नु भयो, “जसका कारण अघिल्लो वर्षभन्दा कम क्षति भएको छ ।” मानवीय क्षति हुन नदिने मुख्य उद्देश्य रहेको बताउँदै उहाँले भन्नु भयो,“अब मकैको सिजनमा पनि पुनः गस्ती हुन्छ ।”

गाडीसहित सात जना सशस्त्र वन रक्षकको टोलीले मेचीनगरस्थित मेची नदीमा गस्ती गरेर हात्ती प्रवेश रोक्ने, हात्ती प्रवेशबारे जानकारी दिने, हात्ती उतै फर्काउने काम गर्ने गरि रहेका छन् । जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविक मार्ग निर्माण, वन क्षेत्रमा हात्ती आहाल (पोखरी निर्माण), फलफूलका बिरुवा रोपण, गस्ती लगायतका क्रियाकलाप हुँदै आए पनि मानव हात्तीद्वन्द्व न्यूनीकरण हुन अझै सकेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।

प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन,सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता होइन : विश्वप्रकाश शर्मा

काठमाडौं,४ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको बताउनु भएको छ । बीपी स्मृति दिवसका

आयोगहरु संवैधानिक बनेपछि निष्क्रिय भयो : सभापति राई

काठमान्डौं, ४ साउन ।  राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता