सहकारी पीडितको पीडा

औषधी उपचारकालागी सहकारीमा राखेको बचत फिर्ता नपापछि छटपटाउँदै केरुङ

दमककी यी महिलालाई चन्दा उठाएर उपचारमा पठाइयो

दमक, २१, पुष । दमक १ कि शुशीला केरुङले तुलसी बहुमुखी सहकारी सस्था लि. मा २०७७ साल मंसिर २७ गते खाता खोल्नु भएको थियो । उहाँले कर्मचारी बचत शिर्षकको खाता खोल्नु भएको उहाँको घरमा भेटिएको पासबुमा लेखिएको छ । उहाँले यो खातामा पैसा जम्मा गर्नथालेपछि राम्रैसग व्याज पाइरहनु भएको थियो । राम्रो व्याज पाएको भन्दै उहाँले आफ्नै श्रीमान र बहिनीलाई पनि खाता खोल्न प्रोत्साहन गर्नुभयो ।

 

यसो गर्दा बचत र शेयर मात्रै गरेर तीन जनाको रकम यो सहकारीमा १० लाख ७० हजार पुगेको छ । तर अहिले यो रकम पाइन्छ कि पाइदैन भन्ने कुनै आधार छैन । उहाँ जस्ता हजारौको रकम डुवाएर दमकबाट यो सहकारी कुलेलाम ठोकेको थियो । सरकारले यसका सञ्चालकलाई पक्राउ गरेर थुनामा राखेको छ । यता केरुङ भने अहिले शारिरिक रुपमा शिथील बन्नु भएको छ । क्यान्सर रोग लागेर कलिलै उमेरमा उहाँ मृत्यूसग पौठेजोरी खेलीरहनु भएको छ । शरिरमा क्यान्सर भएर मर्नु न बाँच्नु हुदै अस्पताल दगुर्याइरहेको उहाँका दाजु मणी कुमार केरुङले जानकारी दिनुभयो ।

 

बिराटनगर स्थित टिचिङ हस्पिटलले धेरै खर्च लाग्ने सुनाएपछि आर्थीक अभावले उपचार गराउन नसकेर घरमै ल्याएर राखीएको थियो । पछि छर छिमेक, आफन्त र इष्टमित्रको सहयोगमा केहि रकम संकलन भएपछि भरतपुर क्यान्सर अस्पतालमा उचापर गराउन लगियो । त्यहाँपनि ७–८ लाख सकियो । केहि बिशेक त भएको छ । तर पूर्ण जाती भएको नै छैन । अझै थप रकम लाग्ने भएपछि फेरी कसैसग उठाउन पनि नसक्ने । आफ्नो बचत भएको पैसा माग्दा पनि नपाएपछि नया साहरा खोज्न थालेका छन् । केरुङ सहकारी पीडित रहेकोले तत्काल केरुङको उपचारको जिम्मा अव सहकारी पीडित महासंघले लिएको छ । र यसैको पहल र बिस्वासमा उपचारकालागी सोमबार काठमाडौ समेत पठाइएको छ ।

 

यसरी बचत रकम निकाल्न नसकेका र अन्य बिकल्प समेतको व्यवस्था गर्न नसक्नेलाई सहकारी पीडीत संघले आफ्नो आन्दोलनमा साथ दिने सर्त राखेर यसखाले सहयोग समेत गर्दै आएको तुलसी सहकारी पीडित संघ दमकका अध्यक्ष डम्बर खड्काले जानकारी दिनुभयो । अव केरुङको उपचारको जिम्मा समेत महासंघले लिएको उहाँले बताउनु भएको छ ।

 

यो सहकारीका बचतकर्ताको रकम डुवेपछि अहिले समस्याग्रस्त सहकारी समितीमा यसको समस्या पुगेको छ । नेपाल सरकारले यो सहकारीका सबै चल तथा अचल सम्पत्ती रोक्का राखेको छ । देशभर रहेका यो सहकारीका मार्ट तथा अन्य भौतीक सम्पत्तीबाट मिलान गर्न भन्दै जिम्मेवारी पनि तोकीएको छ ।

 

नेपाल सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी समितीसग दमकका रुपक दाहालले तुलसी सहकारीको समस्या समाधान गर्ने बचत कर्ताहरुको बचत फिर्ता गर्न समन्वय गर्ने जिम्मेवारी पाउनु भएको छ । मार्ट खोलेर त्यहाँ रहेका सामानको एम आर पी मुल्यमा र अन्य बिभिन्न ठाउँको जमिन जुन समितीले तोकीदिएको सरकारी मुल्यांकनका आधारमा जग्गासग साटफेर समेत गर्ने गरीको अधिकार दिएको छ ।

 

तर दमकका भने यो कामले उती सकृयता पाएको छैन । छिटफूट बाहेक पीडितहरु दाहालको सम्पर्कमा गएका छैनन । राज्यलेनै यसको जिम्मा लिएर सावा र व्याज सहित आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने अडान उनीहरुले राखीरहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि