धरान,२८ पुस । धनकुटाको भेडेटारबाट प्रहरीले ४ सय ४९ किलो गाँजासहित एक एम्बुलेन्स नियन्त्रणमा लिएको जनाएको छ ।
धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना ४ च ६४७४ नम्बरको एम्बुलेन्स सोमबार चेकजाँचका क्रममा गाँजासहित फेला परेको छ । प्रहरीका अनुसार एम्बुलेन्स जाँचका लागि रोक्न खोज्दा चालक गाडी छोडेर फरार भएका थिए । खोजतलास गर्दा एम्बुलेन्सभित्र सेतो र कालो प्लास्टिकमा प्याकिङ गरी १५ पोकामा राखिएको गाँजा बरामद गरिएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिनु भयो। घटनामा संलग्न फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ।









