अनुसन्धान जारी

माईमेलाकै दिन माईमेला जाँदै गरेका पिक अप र बस दुर्घटना ,एक जनाको ज्यान गयो १३ जना घाइते

झापा ,१ माघ । झापाको कनकाई नगरपालिकामा आज भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। कनकाई नगरपालिका वडा नम्बर ३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा बिर्तामोडबाट माईधारतर्फ आउदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनामा भद्रपुर नगरपालिका निवासी आफुद राजवंशीका १ वर्ष ६ महिनाका छोरा आरुति राजवंशीलाई अस्पताल ल्याइपु¥याउनेबित्तिकै चिकित्सकले बिहान १० बजेर १५ मिनेटमा मृत घोषणा गरेका छन्। दुर्घटनामा पिकअप गाडीमा सवार अन्य यात्रुहरू घाइते भएका हुन । घाइते मध्ये मेचिनगर नगरपालिका–१५ की पैसठी वर्षीया फुलमुन्नि मुर्मु, बयालीस वर्षीया जमुना राजवंशी र ११ वर्षीय अनिष राजवंशीको अवस्था सामान्य रहेको र उनीहरूको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, अन्य घाइतेहरूको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। घाइतेमध्ये पुस्पलाल राजवंशी, टेमुना राजवंशी र अन्जलि राईको अवस्था मध्यम रहेको छ भने आफुद राजवंशी, उनकी श्रीमती सुस्मा राजवंशी र पाथल राजवंशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। अन्य केही घाइतेहरूको अवस्था सामान्य छ।

दुर्घटनामा संलग्न पिकअप चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेन प्रहरी नियन्त्रणमा छन्। बस चालक भने फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ। दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।