कन्काई माई मेला दुर्घटनामा दुई जनाको मृत्यु

झापा, १ माघ। कन्काई माई मेलामा भएको सवारी दुर्घटनामा आमा छोरासंगै आमाको पनि मृत्यु भएको छ भने बुबा र दाजुसहित११ जना घाइते भएको प्रहरीले जनाएको छ।

आज बिहान ९ः ३० बजे कनकाई– ३ नयाँ बस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे१च ४५१५ न. को पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना५ख २१४९ न. को बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा पिकअप गाडीमा सवार भद्रपुर ८ बस्ने आफुद राजवंशीका छोरा डेढ वर्षका आरुति राजवंशीको मृत्यु भएको छ। घाइते बालकलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याई पु¥याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

ती बालकसंगै उनकी आमा ४० वर्षीया सुस्मा राजवंशीको पनि मृत्यु भएको छ। बिर्तासिटी अस्पतालमा उपचारका क्रममा बिहान ११ः३० बजे सुस्मा राजवंशीको मृत्यु भएको प्रहरीले बताएको छ ।
ती बालकका बुबा ४० वर्षीय आफुद राजवंशी पनि गंभीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ भने दाहिने हात र दाहिने खुट्टा भाचिएको छ । त्यस्तै मृतक बालकका दाजु बर्ष १५ का आशिष राजवंशी पनि घाइते भएका छन् । उनको बायाँ हात र चिउडोमा चोट लागेको छ । घाइतेमध्ये तीनजनाको बीएण्डसी र ८ जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।