मोरङ,१ माघ। मोरङ र भोजपुर जिल्लाको छुट्टाछुट्टै ठाउँबाट लागुपदार्थ ब्राउन सुगर र गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलिले विराटनगर १ का रिहान अन्सारीलाई १ ग्राम २० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय बालंखा, भोजपुरबाट खटिएको प्रहरी टोलीले आमचोक–१० स्थितमा कोठा भाडामा बस्ने भोजपुर नगरपालिका १० का ४६ वर्षे मचिन्द्र राईलाई उनकै कोठाबाट ८७ किलो ५०० ग्राम गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैबीच सुनसरीको प्रहरी चौकी अमडुवा, दुहबीले सुनसरीको बर्जु गाउँपालिका–४ हरबनी स्थितबाट बेवारिसे अवस्थामा रहेको ५५४ किलो ग्राम लागू औषध गाँजा बरामद गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका–४ स्थित बाँस झ्याङबाट बुधबार राति बेवारिसे अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।









