दमक, १ माघ । वोनम्यारो पीडित एक जना बालकलाई उपचारमा सहयोग गर्दै दमकमा मुख्य कार्यालय रहेको सहयोगी मनहरु नेपालले आफ्नो स्थापनाको छैटौ वार्षिक उत्सव सम्पन्न गरेको छ । दमकमा बुधबार एक औपचारीक कार्यक्रम गर्दै वोनम्यारो पीडित दमक ४ का रोनीस विकको उपचारमा सहयोग गरेको हो । सडतीस हजार ८ सय पैसठी रुपैँया रकम बराबरको चेक बिकको परिवारलाई हस्तान्तरण गरिएको सस्थाका अध्यक्ष भीम आचार्यले जानकारी दिनुभयो । दुखको सारथी बन्दै थोरै थोरै भएपनि अभाव र दुख परेको ठाउँमा पुग्ने उद्धेस्यले यो सस्था स्थापना भएको भन्दै आचार्यले भन्नु भयो यो यस्तै सहयोगी मनहरुको सस्था हो ।
साथै सोहि अवसरमा सहयोगी मनहरु नेपालको अभियानमा सहयोग गर्ने बिभिन्न व्यक्ति तथा सस्थालाई सममान पनि गरीएको छ । सम्मानीत हुनेहरुमा आवृत्ती खनाल, भवगती रिमाल खनाल, एमी चुङ, उज्यालो खवरका सह–सम्पादक भूमिराज पराजुली, व्यवसायी श्याम तिम्सिना, सुमनराज रिमाल र बिर्तामोडका पत्रकार भरत प्रसाईलाई सम्मान गरीएको छ ।









