दमक, १ माघ । आज राष्ट्रिय योग दिवस । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । आज एघारौ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । यही सन्दर्भमा दमकमा पनि योग दिवस मनाइयो । यहाँका योगीहरुले बिभिन्न व्यानारका साथ प्रभातफेरी गर्दै एघारौ योग दिवस मनाएका हुन । दमक चोकमा भेला भएका उनीहरुले दमक बजार हुँदै भृकुटी चोक पुगेर फेरी दमक चोकमै आएर कोणसभा गरेका हुन । पतञ्जली योग साधना केन्द्रले आयोजना गरेको प्रभातफेरीमा दमकका योगीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
दमक नगरलाई योेग नगरी बनाउने सन्दर्भमा पछिल्लो समय यहाँका योगीहरु एक नभएको र आन्तरीक विवादका कारण यो घोषणा हुन नसकेको भन्दै आलोचना पनि हुन थालेको छ । तर पतञ्जली योग साधना केन्द्र दमकका अध्यक्ष रोहीत उप्रेती(किरण)ले दमक नगरपालिकाले चाह्यो र सानो प्रयास मात्रै गर्ने हो भने दमक नगर योग नगरी घोषणा हुने र योगीहरुमा कुनै विवाद नरहेको स्पष्ट पार्नु भयो ।
नेपालमा २०७२ साल साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरीएको थियो ।









