नेपालसहित कति देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा स्थगित ?

काठमाडौँ,१ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको जनाएको छ। यो निर्णय जनवरी २१, २०२६ (माघ ७) देखि लागू हुने जनाइएको छ।

निर्णयले नेपालसहित दक्षिण एशिया, ब्राजिल, कोलम्बिया, उरुग्वे, बाल्कन क्षेत्र, अफ्रिका, मध्यपूर्व र क्यारिबियनका धेरै देशका नागरिकलाई असर गर्नेछ। प्रभावित देशहरूमा अफगानिस्तान, बंगलादेश, पाकिस्तान, ब्राजिल, कोलम्बिया, नाइजेरिया, इरान, इराक, रूस, सुडान, सिरिया, यमन लगायतका ७५ देश समावेश भएका छन्।

अमेरिकी विदेश मन्त्रालयका उप–प्रवक्ता टोमी पिगोटले सम्भावित आप्रवासीहरू अमेरिकामा सार्वजनिक बोझ नबन्ने सुनिश्चित गर्न भिसा प्रक्रिया पुनरावलोकन गर्ने जनाएका छन्। सामाजिक सहायता र सरकारी सुविधामा निर्भर हुन सक्ने विदेशी नागरिकको प्रवेश रोक्न यो कदम उठाइएको बताइएको छ।

तर, पर्यटक (भिजिटर) भिसा प्रक्रिया यसबाट प्रभावित हुने छैन। सन् २०२६ को विश्वकप र २०२८ को ओलम्पिक अमेरिकामा आयोजना हुने भएकाले आगन्तुक भिसा प्रक्रिया निरन्तर रहने बताइएको छ।

ट्रम्प प्रशासनको यो कदमले आउँदो एक वर्षमा झन्डै ३ लाख १५ हजार कानुनी आप्रवासीको अमेरिका प्रवेश रोक्न सक्ने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।