सिंहवाहिनीका पाइलटसहित ६ जना सम्मानित

सञ्जालप्रति प्रशंसा, अक्षयकोष अभियानमा साढे ३ लाख संकलन

पथरी, १ माघ / मोरङको पथरी शनिश्चरे ९ स्थित श्री सिंहवाहिनी मावि भूतपूर्व विद्यार्थी सञ्जालको प्रथम वार्षिक साधारणसभाको अवसरमा पाइलटसहित विद्यालयमा विशेष योगदान पुर्‍याउने ६ जनालाई सम्मानित गरिएको छ ।

 

सम्मानित हुनेमा पूर्व विद्यार्थी पाइलट डा.भोगेन्द्र कठायतका साथै ०३५ सालमा स्थापना भएको सो विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेशबहादुर बस्नेत र गोपाल नेपाल, पहिलो प्रधानाध्यापक प्रेमबहादुर कार्कीलाई पनि दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ । त्यस्तै, पूर्व अध्यक्ष स्व. धर्मानन्द पराजुली, र स्व. पुष्पबहादुर चौहानलाई समेत मरणोप्राप्त सम्मानित गरिएको छ । क्यान्सर पीडित पूर्व विद्यार्थी दुर्गा पराजुलीको उपचार सहयोगका लागि सोही कार्यक्रममा सहभागिबाट संकलिन भएको ९ हजार २ सय ३० रुपैयाँ समेत हस्तान्तरण गरिएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोले भूतपूर्व विद्यार्थीले थालेको अभियानको सफलताको शुभकामना व्यक्त गर्दै नगरपालिका पनि त्यसमा सधैं साथमा रहेको उल्लेख गर्नुभयो ।
तेस्रो पुनर्मिलनसहितको सो कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष एवम् सो विद्यालयका पूर्व विद्यार्थी वीरबहादुर राईले जनप्रतिनिधिले गर्नुपर्ने काम सञ्जालले अघि बढाएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

 

सञ्जालका अध्यक्ष राजकुमार राईले हालसम्मका गतिविधि, अक्षयकोष निर्माणको योजना सुनाउँदै भावनात्मक रुपले एकताको सन्देश दिने काममा सञ्जाल लागिपरहेको जनाउनु भयो ।

 

साथै अध्यक्ष राईले विद्यालय र विद्यार्थीको हितमा अक्षयकोष खडा गर्ने प्रस्तावित योजना अघि सारेपछि अक्षयकोषमा रकम जम्मा गर्ने र वचन दिनेहरुको उत्साह बढेको थियो । जसमा २ जनाले प्रक्षय रकम प्रदान गर्नुभयो भनें अन्य १९ जनाले रकम जम्मा गर्ने घोषणा गर्नुभयो । २३ जनाबाट ३ लाख ५० हजार रुपैयाँ अक्षयकोषमा जम्मा हुने भएको छ ।

सञ्जाल कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक शारदादेवी बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । जसमा ३ लाख ७५ हजार ७४ रुपैयाँ आय र २ लाख १३ हजार ६ सय ८८ रुपैयाँ व्यय भइ १ लाख ६२ हजार १ सय ८६ रुपैयाँ वचत रहेको जानकारी गराइएको छ । सञ्जालको अक्षयकोषका लागि यसअघिनै १ लाख ५० हजार रुपैयाँ त्यसबाहेक नै जम्मा भएको छ ।

 

विद्यालयकातर्फबाट विद्यालयका गतिविधि र समस्या बारे प्रधानाध्यापक एवम् सञ्जाल सल्लाहकार उमेशकुमार खड्काले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
भूपू विद्यार्थीहरुबीचको एकता, सद्भावका साथै विद्यालयमा गुणस्तरीय शिक्षा तथा विद्यार्थीको पठनपाठनमा सघाउने योजना अनुरुप ०८१ पुस २७ मा भएको दोस्रो पुनर्मिलन कार्यक्रमबाट औपचारिक रुपमा सञ्जाल गठन गरी नगरपालिका कार्यालयमा दर्ता गरिएको छ । सञ्जालको पहलमा यसअघि विधालयमा खानेपानीको प्लान्ट जडान तथा विद्यालय रंगरोगन कार्य सम्पन्न भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८