विशेष महाधिवेशनमा हस्ताक्षर फिर्ता लिएको कांग्रेसका कार्यवाहक सभापति खड्काको दाबी

काठमाडौँ,२ माघ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८ सय ८५ जना प्रतिनिधिहरूले आफ्नो हस्ताक्षर फिर्ता लिएको दाबी गर्नु भएको छ्। शुक्रबार निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्न पुग्नु भएको खड्काले विशेष महाधिवेशन पक्षधरले ५४ प्रतिशत प्रतिनिधिको समर्थन रहेको दाबी गरे पनि ठूलो संख्यामा हस्ताक्षरकर्ताहरू त्यसबाट अलग भएको बताउनु भयो। हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको पत्र पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिवमार्फत आफूलाई सम्बोधन गरेर बुझाएको उहाँले जानकारी दिनु भयो।

कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको भेला हुनुभन्दा अगाडि र पछाडिको दुवै समयको हस्ताक्षर आफूहरूसँग सुरक्षित रहेको उल्लेख गर्नु भयो। विशेष महाधिवेशनमा सहभागी भनिएकाहरूले नै उक्त प्रक्रियाबाट बाहिरिएको स्पष्ट पारेको भन्दै उहाँले विपक्षी समूहको दाबीलाई चुनौती दिनु भयो। नियमित महाधिवेशनको पक्षमा रहेका खड्काले विधानसम्मत प्रक्रियाबाटै अघि बढ्ने अडान राख्दै निर्वाचन आयोगमा आधिकारिकताका लागि आवश्यक प्रमाणहरू पेश गर्नु भएको छ।

पार्टीभित्रको विवाद चुलिँदै जाँदा गगन थापा नेतृत्वको समूहले भने विशेष महाधिवेशन सम्पन्न गरी नयाँ केन्द्रीय कार्यसमिति समेत चयन गरिसकेको स्रोतले जनाएको छ। संस्थापन पक्षले उक्त महाधिवेशन र त्यसबाट चुनिएको समितिलाई अवैध भन्दै आएको छ भने ८ सय ८५ जनाले हस्ताक्षर फिर्ता लिएको पछिल्लो दाबीले विवादलाई नयाँ मोड दिएको हो। निर्वाचन आयोगले दुवै पक्षका दाबी र प्रमाणहरूको अध्ययन गरेपछि मात्र नेपाली कांग्रेसको आधिकारिकताका बारेमा अन्तिम निर्णय लिने देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।