दमक, ५ माघ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारको गोली फेला परेको प्रहरीले जनाएको छ ।
हिजो दिउँसो ३ः४५ बजे दमक ८ अर्गानिक कृषि भवनको पूर्वपट्टी गेटछेउमा ढुंगाको चेपमा कालो प्लाष्टिकमा पोको पारी लुकाई राखेको अवस्थामा इन्सास राईफलको २१ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ। उक्त गोली इलका प्रहरी र्कायलय दमकबाट जेनजी आन्दोलनको क्रममा लुटिएको प्रहरीले बताएको छ ।









