दमक, ६ माघ । नेकपाको तर्फबाट झापा ५ मा उम्मेदवार घोषणा गर्नुभएका रञ्जीत तामाङले आफु बालेनसग पनि तालमेल गरेर चुनावमा अघी बढ्न सक्ने बताउनु भएको छ ।
उज्यालो खवरले सोधेको प्रश्नमा उहाँले भन्नु भयो ‘देशले यूवा खोजेको छ , झापा ५ को भूगोल र माटो बालेनले भन्दा मैले धेरै जानेको छु ।
त्यसैले यहाँ मलाई र बालेनको अर्को निर्वाचन क्षेत्रमा म मेरो पार्टिमा सहमती गराएर तालमेल गर्न तयार छु ।
’ उहाँले भन्नु भयो दुवै परिवर्तनकारी यूवा शक्ति देशलाई आवश्यक परेकोले एकै ठाउँबाट चुनाव लडेर केपि ओलीलाई सहजीलो बनाउनु भन्दापनि झापा ५ मा बालेनको समर्थन भयो भने म केपि ओलीलाई हराएर चुनाव पनि जीत्न सक्छु । ’
उहाँले आफ्नालागी ओलीमात्रै एकमात्र चुनौती उम्मेदवार रहेको समेत बताउनु भयो ।









