दमक, ६ माघ । समाज परिवर्तन र विद्रोहको अर्थबारे नेकपा एमालेकी केन्द्रीय सदस्य, राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य तथा दमक नगरपालिकाकी पूर्व उपप्रमुख गीता अधिकारीले गम्भीर विचार सार्वजनिक गर्नुभएको छ।
उहाँले सामाजीकध सज्जाल फेसबुक मार्फत विद्रोहलाई दुई प्रकारमा व्याख्या गर्नुभएको छ। समाजका लागि गरिने विद्रोह र समाजसँग गरिने विद्रोह। यी दुईबीचको गहिरो भिन्नता नबुझी सबै विद्रोहलाई एउटै नजरले हेर्नु समाजप्रतिकै अन्याय हुने उहाँको ठहर छ।
उहाँका अनुसार समाजका लागि गरिने विद्रोह सुधारको चेतनाबाट जन्मिन्छ। यसले समाजभित्र जरा गाडेर बसेका कुरीति, अन्याय, विभेद, असमानता र जड सोचलाई प्रश्न गर्छ। यस्तो विद्रोह समाज भत्काउन होइन, परिष्कृत र गतिशील बनाउनका लागि गरिन्छ।
इतिहासले पनि समाजका लागि गरिएका विद्रोहको महत्व प्रमाणित गरेको उहाँको भनाइ छ। दासप्रथाको अन्त्य, जातीय विभेदविरुद्धको संघर्ष, महिला अधिकार प्राप्तिका आन्दोलन र लोकतान्त्रिक चेतनाको विकास यिनै विद्रोहका उपलब्धि भएको उल्लेख गरिएको छ।
तर समाजसँग गरिने विद्रोह भने पूर्णतः फरक प्रकृतिको हुने अधिकारीको विश्लेषण छ। यस्तो विद्रोह सुधारको चाहनाबाट होइन, असन्तोष, अहंकार, प्रतिशोध वा केवल विरोधकै लागि विरोध गर्ने मानसिकताबाट पैदा हुने उहाँको भनाइ छ। यसले समस्या त देखाउँछ, तर समाधानतर्फ डोर्याउन सक्दैन।
उहाँका अनुसार समाज तोड्ने विद्रोह क्षणिक आवेग हुन सक्छ, तर समाज सुधार्ने विद्रोह नै साँचो चेतना हो, जसले दीर्घकालीन परिवर्तनको संवाहकको भूमिका खेल्छ।
लेखमार्फत गीता अधिकारीले सबै विद्रोहलाई साहसको नाम दिन नमिल्ने सन्देश दिनुभएको छ। उहाँले आसन्न निर्वाचनमा दुई शक्ति समाजकालागि बिद्रो गर्नेलाई रोज्ने कि समाजसँग विद्रोह गर्नेलाई रोज्ने भन्ने आसय पनि यस मार्फत सार्वजनिक गर्नु भएको हो ।
उहाँको असय समाजकालागि विद्रो गर्ने भनेको नेकपा एमाले रहेको र अहिलकालागी राष्ट्र निर्माण अभियानलाई पुरा गर्न एमालेका उम्मेदवारले जीत्नुपर्ने उहाँको भनाई छ ।









