एमालेको दुईवटा वडा भेला सम्पन्न

कमल १५ माघ। नेकपा एमालेको निर्वाचन लक्षित झापाको कमल गाउँपालिकामा दुईवटा वडाको छुट्टाछुट्टै भेला आज सम्पन्न भएको छ ।
नेकपा एमालेको कमल गाउँपालिका ६ वडा कमिटीले आयोजना गरेको बिस्तारित भेलाले मोहिनी खनालको सयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । पार्टीका जिल्ला कमिटी सदस्य तथा वाड्न ६ का वडाइञ्चार्ज दिपक खड्काका अनुसार करिव ३ सयजना भन्दा बढीको सख्यामा कार्यकर्ता उपस्थित रहेको थियो ।

भेलामा उपस्थित कार्यकर्ताले कुनै पनि आयातित ब्यक्तीलाई भोट दिएर आफ्नो क्षेत्रमा भएको बिकासलाई रोक्न नसकीने सुझाव दिएका छन् । कार्यक्रममा उपस्थित लिला दाहालले हाम्रो क्षेत्रमा हरेक बर्ष रतुवाको खोलाको कटानले धुरुक्क रुवाएको थियो । आकाशमा कालो बादल लाग्ने बिक्तिकै घर छोडेर भाग्नु पथ्र्यो । तर अहिले आफुले भोट दिएर बिजयी बनाएका उम्मेद्वार केपी शर्मा ओलीको पहलमा रतुवामा स्थाई बाँध निर्माण गरेपछि ढुक्क भएको छ उहाँको भनाइ छ ।
सुगम झापा जिल्लाको दुर्गम गाउँ भनेर चिनिएको खयरबारी सहित यो क्षेत्रमा अझै धेरै बिकासका योजना सञ्चालन हुने क्रममा छन् । यस्ता अधुरा योजना पुरा गर्न पनि अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गर्ने प्रस्ट बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य बेनु शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य मणी भण्डारी, जिल्ला कमिटीका उपाध्यक्ष शिव ढुङ्गेलले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
त्यस्तै सोही दिन कमल गापा ७ मा भएको भेलाले प्रदेश कमिटी सदस्य भिम केरुङको सयोजकत्वमा २५० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
कार्यक्रममा ४ वटा उपसमिति समेत गठन गरेको कमल गाउँपालिकाका उपाध्यक्ष अकल बहादुर गुरुङले जानकारी दिनुभयो । यहाँ महिला बिभाग उपसमिति, ज्येष्ठनागरिक, युवा र आइटी सम्बन्धिका उपसमिति गठन गरिएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी दाहालले कुनै पनि मतदाताले भ्रममा नपरि आगन्तुक ब्यक्तीलाई समयमा चिन्न आग्रह गर्नुभयो ।
जेएनजी पुस्ताका युवायवतीलाई उक्साएर देशको सम्पदा आगो लगाउने ब्यक्ती काठमाण्डौ छोडेर झापा आएका छन् । यस्ता ब्यक्तीलाई झापाली जनताले फागुन २१ गते गतिलो जवाफ दिने बताउनुभयो । कार्यक्रम वडा कमिटीका अध्यक्ष राम प्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै