कसरी बन्न सफल भयो यत्तीको स्तरीय ?

दमकको नमुना र सबैभन्दा आकर्षक सडक

 

दमक, १८ । माघ । दमक नगरपालिका अन्तर्गत मदनडाँगी डिपु सडकको स्तरोन्नतिका कारण स्थानीय देखी यात्रुहरुले बर्षौ देखी भोग्दै आएको समस्याको अन्त्य भएको छ। लामो समयदेखि धुलो, हिलो र खाल्डाखुल्डीका कारण समस्या भोग्दै आएका स्थानीयवासीले अब राहत महसुस गर्न थालेका छन् ।

 

मदन डिपु सडक दमकको एक आर्कषक सडक बनेको छ। सडकमा भएको लाईट,जेब्राक्रसीङको चिन्ह यस सडकको मुख्य आर्कषक हो। यो सडकले समयमा यात्रुको गन्तव्यमा पुर्योउने काम मात्र गरेको छैन एउटा आकर्षक सडक समेत बनेर नयाँ संज्ञा दिएको छ ।

 

यो बाटो भएर हिडि रहेको यत्रुलाई यो सडकमा आए पछि फोटो खिच्ने,टिकटक नबनाई मनले मान्दैन। सडक बनेसँगै यातायात सहज हुने, दुर्घटना न्युनीकरण हुनुको साथै आसपासको व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको छ

 

 

मदन डाँगी डिपु सडक पहिले ५० फिटको थियो ।धुलो उड्ने ,नालि नभएको अव्यवस्थीत खाल्को सडक थियो।तर अहिले दमक भरिको सुन्दर सडक बनेको छ। बेलुका सडक वित्ती बल्दा सडकको सौन्दर्यता अझ बढ्ने गरेको छ ।

 

यो सडक बनेपछि र्उलाबारी जान समय छोटीएको छ। स्थानीय लाल बहादुर तामाङ भन्नु हुन्छ यो सडक बनेपछि यस क्षेत्रको व्यापारमा पनि बृद्धि भएको छ ।

 

हरि माया बेघाको यो सडकको किरानामा चिया खाजा तथा चिसो पेय पदार्थ समेत पाउने पसल छ । यो सडक नबन्दा उहाँको पसलले कहिलेकहि बोहोनी पनी गर्न सकिरहेको थीएन । तर अहिले तर उहाँको कारोबार बढेको छ । आम्दानीले मनग्गे हुन थालेपछि यो सडक बनाउने र योजना पार्र्नप्रति आभार व्यक्त गर्नु हुन्छ ।

 

 

दमकमा विकासको नमुना हेर्न अहिले यो सडकमा पुगे पग्छ । व्यस्थित फूटपाथ मात्रै छैन यहाँ बेग्लै साईकल लेन छ । सडक उच्च चौडा भएका कारण सवारी साधनहरुले आफ्‌नो गतिमा सुरक्षीत साथ चल्न पाएका छन् ।

 

ग्रामीण क्षेत्रका नागरीकको जीवन स्तर उकास्न यो सडक मुख्य कारक बन्ने देखिएको छ । यस्ता सडक हरेक पालिका र क्षेत्रमा हुने हो भने देश समृद्ध हुन धेरै समय नलाग्ने स्थानीय बासीन्दाको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पथरीमा ५० मिटरकै सडक बनाउन सरोकारवालाहरु सहमत

पथरी, २८ माघ / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित पथरी बजार क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माण गर्ने कुरामा सरोकारवालाहरु सहमत भएका छन्

पथरी शनिश्चरेमा भव्य बन्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

पथरी, २८ माघ /मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’ भव्य रुपमा सञ्चालन भइरहेको छ । विद्यार्थीहरुका लागि विभिन्न प्रकारको खेलकुद र उद्घाटन

मोरङमा उम्मेदवार तथा प्रतिनिधिहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मोरङ ,२८ माघ । मोरङ क्षेत्र नं. १ मा आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा उम्मेदवार तथा प्रतिनिधिहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधिसभा

धिमाल जातीको इतिहाँस बुझाउने यो संग्राहलय, जहाँ जीवन र जगत बुझ्न सकिन्छ

दमक, २८ माग । धिमालको जन्मपछिको संस्कार, वयस्क भएपछि उसले अपनाउने पेषा । त्यो पेषासँगै जोडीएको सस्कार, आफ्नो सस्कृती संरक्षण गर्न मनाइने पर्व, पारिवारीक रहन