दमकको बुद्धचोकबाट ढुुकुरपानी हुदै मावा जोड्ने सडक निर्माणले के दियो स्थानीयलाई

देशमा केहि भएन र हुनै सकेन भन्ने भाष्यलाई बिस्थापीत गर्न १० वर्ष अघीको अवस्था र अहिलेको अवस्थालाई तुलना गर्न यस क्षेत्रका नागरीको सुझाव छ ।

दमक, १८ माघ । बुद्धचोक,हिमावी,ढुकुरपानी,गोलाटार हुँदै मावा जोडने सडक अहिले र्हेदा आर्कषक देखीन्छ। तर पहिले यो सडकको अवस्था एकदमै नजुक थियो।स्थानियका अनुसार पहिले सिटि सफारी पनि चल्न सक्दैन थियो, विद्ययार्थीलाई विद्ययालय जान समस्या हुन्थ्यो,।

 

गोलाटारबाट दमक बजार आँउने मानिसलाई धेरै बाटो घुम्नु पर्थ्यो । यति मात्र काहाँ हो र? वर्खामा चप्पल खोलेर हिडनु पर्थ्यो,हिउदमा धुलो उडेर घरमा बसि सक्नु हुँदैनथ्यो। तर अहिले कालो पत्रे गरिएको आर्कषक फराकिलो सडक बनेको छ। स्थानीय भन्छन् आज कच्चीबाट कालो पत्रे सडक बन्नुमा पुर्व प्रधानमन्त्री केपी आलिको ठुलो योग्दान छ। उहाँले दमकको सडकमात्र नभएर हरेक विकास क्षेत्रमा काम गरिरहनु भएको यहाँका स्थानीयहरुको भनाई छ ।

 

बुद्धमार्ग दिपीनि मार्गमा जोडीएकोले आवतजावत धेरै गर्नु पर्छ। कच्ची सडकबाट अहिले कालोपत्रे हुँदा धेरै सहज भएको छ। गोलटार हिमाबी हँदै आँउने मान्छेलाई नघुमी सिधै बजार जान सहज भएको बताँउनु हुन्छ, दमक—५ का स्थानीय गङगा राम भट्टराई ,उहाँका अनुसार पुर्व प्रधानमन्त्री केपी ओलीको सरकार हँदा दमकमा मात्र नभएर राष्ट्रमा गरेको विकासको कामले गर्दा उहाँ नै देशमा चाँहिने प्रधानमन्त्री हो।

 

दमक ३ गोलाटारका जय नारायण न्यौपानेको भनाईपनि उस्तै छ । पहिले सडक कच्ची हुँदा वर्खामा हिडन नसकिने र हिउदमा धुलो उडेर धेरै समस्या हुन्थ्यो ।तर पुर्व प्रधानमन्त्री केपी ओलीको सरकार बने पछि सडकको विकास भएको छ।

 

विकास के हो भन्न आफु उभीएको धरातल पहिला कस्तो थियो भनेर सोच्नु पर्ने दमक तीन कै कृष्ण कुमार निरौलाको अनुरोध छ । विकासलाई व्यस्थित गर्दै आम नागरिकका समस्या बुझ्‌ने र निति बनाएर काम गर्न सक्ने नेतृत्वलेनै देश सञ्चालन गर्न सक्ने निरौलाको भनाई छ ।

 

देशमा केहि भएन र हुनै सकेन भन्ने भाष्यलाई बिस्थापीत गर्न १० वर्ष अघीको अवस्था र अहिलेको अवस्थालाई तुलना गर्न यस क्षेत्रका नागरीको सुझाव छ । त्यो बेलाको समस्यालाई समाधान गर्न निरन्तर निती बनाएर काम गर्ने परिपक्क नेतृत्वनै अहिलेको आवश्यकता रहेको यस क्षेत्रका नागरीको निचोड छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै