दमक,२० माघ । एच एस एस वल्व नाम राखेर दमक स्थित हिमालय माद्यमिक विद्यालयले बिजुलीको वल्व निकालेको छ । यो बजारमा पनि खरिद गर्न पाइन्छ । यो वल्व कहिबाट खरिद गरेर ल्याएको चाहि हैन । यी सबै वल्व यही तयार भएका हुन । त्यो पनि कक्षा ८ देखी १० सम्म अध्ययन गर्ने वद्यिार्थीहरुले ।
विद्यार्थीलाई सिप सहितको शिक्षा प्रदान गर्न भन्दै विद्यालयले हरेक कक्षामा एउटा अतिरिक्त कक्षाको व्यवस्थापन गर्दछ । त्यो अतिरिक्त कक्षाबाटनै विद्यार्थीहरुले बिजुलीको वल्व बनाउन सिकेका छन् र यसलाई बजारमा बेच्न सक्ने पनि भएका छन् । यसले विद्यार्थीमा आत्मनिभर बन्न पर्छ भनेर उत्प्रेरीत गरिरहेको शिक्षक होम प्रसाद आचार्य बताउनु हुन्छ ।
यस विद्यालयका विद्यार्थीलाई कितावी ज्ञान मात्रै नभएर वस्तुगत सिप र ज्ञान पनि सिकाइन्छ भन्ने उदहरण हो यो । यस्तै यस विद्यालयमा विज्ञान विषयमा विद्यार्थीहरुलाई कसरी सिकाइएको छ र तीनबारेमा विद्यार्थीले कस्तो सिकिरहेका छन् भन्ने कुरा परिक्षामा लेखिएको उत्तर पुस्तिकाले मात्रै पुष्टि गरेको छैन ।
विद्यालयमा आयोजना गरीएको विज्ञान प्रदर्शनीले विद्यार्थीको ज्ञानको स्थिती कस्तो छ भन्ने कुराको थप पुष्टि गरेको छ । सुनममाला तामाङको टिमले आफुले कक्षा कोठामा सिकेको ज्ञानलाई सबैका सामु प्रर्दशन गरेको हाईड्रोलीक पुलको प्रजेण्टेसनले पनि स्पष्ट पारेको छ ।
उसो त स्वास्थ्य सचेतनामा पनि यस विद्यालयका विद्यार्थीहरुको सिकाई व्यवहारीक छ । विद्यालयको ७० औ वार्षिक उत्सवमा आयोजीत प्रर्दशनी स्थलमा भेटिनु भएकी सिवानी तामाङले योग तथा मानसीक स्वास्थ्य कसरी स्वस्थ्व राख्ने भन्नेबारेमा तयार पारेको यो प्रोजेक्ट प्रजेण्टेसनले पनिनै पुष्टि गरेको छ ।
यस्तै विद्यार्थी उमेर समुहका किशोर किशोरीहरु लागु पदार्थ दर्वेशनीमा फसरीरहेका छन् । तर यहाँ विद्यार्थीले नै यसबाट कसरी जोगीने भनेर दिएको प्रस्तुतीले यो विद्यालयको चेतना स्तर कस्तो छ भन्ने अर्को पुष्टि गरेको छ । लागु पर्दाथको बारेमा व्याख्या गर्दै हिमालय मावि कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी गौरव पोखरेल ।
दमकका सामुदायीक विद्यालय मध्ये अव्वल कहलीएको हिमालय माद्यमिक विद्यालयले विद्यार्थीहरुलाई कितावी ज्ञानसगै अन्य बिभिन्न कुराहरुपनि सिकाईरहेको छ । जसबाट यहाँका विद्यार्थीहरुले खेलकुद, हाजिरीजवाफ, बिज्ञान प्रदर्शनी, नृत्व तथा गायनमा हुने बिभिन्न स्तरका प्रतियोगीतामा केहि न केहि उपाधी लिएरनै आउने गरेका छन् ।









