झापा १ मा चुनावी सरगर्मी

प्रमुख राजनीतिक दलहरू यतिबेला मतदाता फकाउने अभियानमा केन्द्रित

झापा,२१ माघ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ । यहाँका प्रमुख राजनीतिक दलहरू यतिबेला मतदाता फकाउने अभियानमा केन्द्रित देखिएका छन् ।
यसअघिको निर्वाचनमा यहाँ नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वकानुनमन्त्री अग्नि खरेललाई पराजित गर्नु भएको थियो । यस क्षेत्रमा यसपटक १३ राजनीतिक दल र दुई जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

 

नेपाली कांग्रेसले यसपटक जिल्ला उपसभापति केशवराज पाण्डेलाई चुनावी मैदानमा उतारेको छ । कांग्रेस क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले आगामी फागुन ४ गतेदेखि मात्रै औपचारिक प्रचारप्रसारका कार्यक्रम सुरु गर्ने जानकारी दिनु भयो ।

अहिले पार्टीको आन्तरिक सङ्गठनलाई चुस्त र व्यवस्थित बनाउँदै वडा तहसम्म प्रचार कार्यालय खोल्ने तयारीमा जुटिरहेको उल्लेख गर्दै उहाँले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीसँगै देश बदल्ने धारणा र योजना बोकेको कारण पार्टीप्रति मतदाताकोे आकर्षण बढिरहेको बताउनु भयो ।

 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय बौद्धिक व्यक्तित्व रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएको छ । एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीका अनुसार पार्टीले अहिले वडास्तरीय अगुवा कार्यकर्ता भेला र निर्वाचन परिचालन समिति निर्माणलाई तीव्रता दिएको छ ।

गाउँ–बस्तीमा विकास र समृद्धिको अभियानमा एमाले नै चाहिन्छ भन्ने जनताको बुझाइ रहेको उहाँले दाबी गर्नु भयो । कार्कीले युवा, विद्यार्थी, महिला र मजदुरका सुझावका आधारमा चुनावी अभियान सञ्चालन गरिरहेको बताउनु भयो ।

 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मेचीनगर अध्यक्ष राजन चिमरियाले अहिलेको चुनावलाई जनतामाथि थपिएको ऋणको भारका रूपमा मतदाताले व्याख्या गर्ने गरेको बताए। उनले सुशासन कायम गर्ने प्रतिबद्धतासहित पार्टीले युवा उम्मेदवार अशेष घिमिरेलाई चुनावमा उम्मेदवार बनाएको बताउनु भयो । हाल जनताका समस्या बुझ्ने र राजनीतिक परिस्थितिबारे बुझाउने काममा पार्टीका नेता–कार्यकर्ता व्यस्त रहेको उहाँले जानकारी दिनु भयो ।

त्यसैगरी नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस क्षेत्रमा पूर्वसांसद निशा डाँगीलाई उम्मेदवार बनाएको छ । रास्वपा नेता ऋषि तिम्सिनाका अनुसार पार्टीले अहिले वडा–वडाबाट सुझाव सङ्कलन गरी ‘वाचा पत्र’ तयार पार्ने काम गरिरहेको जानकारी दिनु भयो।

 

मतदाताले पुराना दलहरूबाट भ्रष्टाचार नियन्त्रण हुन नसकेको गुनासो गरिरहेकाले भ्रष्टाचार उन्मूलन र सुशासनलाई नै रास्वपाले मुख्य चुनावी ‘एजेन्डा’ बनाएको उहाँको भनाइ छ । अरू दलभन्दा फरक भएको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र स्थापना र संघीयता खारेजीको मुद्दा बोकेर घरदैलो सुरु गरेको बताएको छ ।

राप्रपा केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले ठूला दलप्रति जनताको वितृष्णा बढ्दो रहेकाले राप्रपालाई जनताले विकल्पका रूपमा हेरेको दाबी गर्नु भयो ।

 

निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल एक लाख ३१ हजार ६७ मतदाता रहेका छन् । त्ससमा ६५ हजार ८५८ पुरुष र ६५ हजार २९ महिला रहेका छन् । यसपटक थपिएका १० हजार ६९२ नयाँ मतदातालाई सबै दलले निर्णायक शक्तिका रूपमा हेरेका छन् ।

झापा निर्वाचन क्षेत्र नं १ मा मेचीनगर नगरपालिकाका सबै १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ नं गरी चार वडा र भद्रपुर नगरपालिकाको ९ र १० गरी दुई वडा समेटिएको छ । यहाँ ४३ मतदानस्थल र १४५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले बताएको छ ।

उम्मेदवारले औपचारिक रूपमा भोट माग्नका लागि निर्वाचन आयोगले तोकिदिएको समय आउन अझै केही दिन बाँकी रहेको छ । तथापि दल तथा उम्मेदवार भित्री रूपमा मतदाता रिझाउने र सङ्गठन बलियो बनाउने काममा व्यस्त देखिएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै