दमक बहुमुखी क्याम्पसले सुरु गर्यो “गर्लस होस्टल“

दमक,२३ माघ ।दमक बहुमुखी क्याम्पसले शुक्रबारदेखि छात्रावास सुरु गरेको छ । शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि सो छात्रावासको उद्घाटन गरेको हो । दमक ९ स्थित क्याम्प्स मोडबाट दक्षिण क्याम्स झर्ने बाटोमै रहेको सुरक्षित र पुर्ण कम्पाउन्ड सहितको घर भाडामा लिएर छात्रावास सुरु गरिएको क्याम्पस प्रमुख यज्ञराज गिरिले जानकारी दिनुभयो । यो छात्रावासमा अहिले ५० जना अट्ने र न्युनतम शुल्क लिएर दमक देखि टाढाका विद्यार्थीहरुलाई बसोबासको व्यवस्था मिलाईने उहाँले जानकारी दिनुभयो ।

२० कोठामा भान्सा र भणडार कक्ष छुट्टै राखेर ५० जना अटाईने जनाईएको छ । सो अबसरम क्याम्पस व्यवस्थापन समिती अध्यक्ष ढुण्डिराज भण्डारी यो छात्रावास अस्थाई रहेको बताउदै स्थाई रुपमा आफ्नै नया भवन बनाईने योजना रहेको सुनाउनु भयो ।

जग्गा खरिदको प्रक्रिया अघि बढी रहेको र जग्गा प्राप्ति भएपछि आवश्यकतालाई मद्यनजर गरेर छात्रावास स्थापना गरिने भन्डारीले बताउनु भयो । शुक्रबार उद्घाटन गरिको कार्यक्रमको प्रमुख अतिथी दमक नगरपालिकाका प्रमुख राम कुमार थाप रहनु भएको थियो । अन्य विभिन्न सरोकारवाला तथा शिक्षा प्रेमी , क्याम्पस सन्चालक समितिका पदाधिकारी , सदस्यहरुको सहभागीता रहेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै