काठमाण्डौं,२४ माघ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनु भयो ।
शंखमुल स्थित अपार्टमेन्टमा बस्दै आउनु भएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय हुनुन्थ्यो । नेपाली चलचित्रमा ’खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ’राते काइँला’ को नामले चर्चित हुनुन्थ्यो।









