चुलाचुली विद्यालयमा अभिभावक–विद्यार्थी उत्सव र प्रदर्शनीः सिर्जनात्मकता र सहभागिताले भरिपूर्ण

दमक,२५ माघ । दमक–१ स्थित चुलाचुली अंग्रेजी माध्यमिक विद्यालयमा अभिभावक–विद्यार्थी उत्सव तथा प्रदर्शनी २०८२ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका पदाधिकारी, शिक्षक, विद्यार्थी र अभिभावकको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूले आफैं बनाएका फुड स्टल राखेका थिए भने फूल, घरमा सजाउने सामग्री र दैनिक जीवनमा प्रयोग हुने धागोले बनाएको सामग्री बिक्रीका लागि राखिएको थियो। साथै विद्यार्थीहरूले विज्ञान परियोजना प्रदर्शन गरेका थिए र नृत्य प्रस्तुति पनि दिएका थिए। विद्यार्थीहरूले विभिन्न जातजाति र धर्मका भेषभूषा मार्फत संस्कार र संस्कृति झल्काएका थियो। कार्यक्रममा अविभावकको लागि मनोरञ्जन खेलसमेत समेटिएको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने अभिभावकलाई सम्मान गरिएको थियो। यस कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीच सृजनात्मकता, सहभागिता र संस्कृति संवर्धनमा योगदान पु¥याएको छ।

 

कक्षा–९ की रिप्ती क्षेष्ठले वातावरणमा जनावर बीचको अन्तरसम्बन्ध कस्तो हुन्छ भन्ने मोडल प्रस्तुत गर्नुभयो।

 

सुइकृति कोइरलाले उधोगबाट निस्किएको फोहोर पानीलाई कसरी शुद्ध गर्ने यन्त्र प्रदर्शन गर्दै त्यसको प्रयोगबारे जानकारी दिनुभयो।

 

अप्सा कडरीयाले भुइँचालो आएपछि कोलोनीलाई थाहा दिने यन्त्रको प्रदर्शन गर्नुभयो।

 

अनुप श्रेष्ठले पेण्डुलम र अटोमेटिक स्ट्रिट लाइट सेन्सरको नमुना प्रस्तुत गर्नुभयो।

 

कक्षा–८ का विद्यार्थीहरूले र्आट एण्ड क्राफ्टको स्टल लगाउँदै आफ्नै हातले बनाएका सुन्दर सामग्री प्रदर्शन गदै थिए ।

 

तुसा लिम्बु साथीहरूसँग मिलेर आलुको परिकार बनाएर बिक्री गर्नु हुँदै थियो। बिक्रीबाट आएको नाफा खर्चअनुसार व्यवस्थित हुने अपेक्षा उहाँको समुहले राखेको छ।

 

यस प्रकारको कार्यक्रमले विद्यार्थीमा सृजनात्मकता, आत्मविश्वास र सामूहिक सहभागिताको अनुभव प्रदान गरेको छ। अभिभावक र शिक्षकसँगको अन्तरक्रियाले विद्यार्थीको सिकाइमा उत्साह थपेको छ र विद्यालय समुदायमा नयाँ ऊर्जा भर्दै आएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा