दमक । २५ माघ । आज माघ २५ गते, झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमक नगरपालिका वडा नं. ७, १, २ र ३ मा रास्वपा उम्मेदवार बालेन्द्र शाहको नागरिक भेटघाट कार्यक्रम हुने भएको छ। कार्यक्रम दिउँसो २ः३० बजे शुरु हुँदै विभिन्न स्थानमा आयोजना हुने भएको छ।
उहाँको पहिलो भेटघाट कार्यक्रम पशुहाट लेखनाथ चोक, वडा ७ बाट सुरु हुनेछ। त्यसपछि उहा सिर्पाली चोक (नमुना बस्ती), बरगाछी, दुर्गा मन्दिर, हिमाबी अगाडि पाङ्गिनी चोक (सम्पर्क कार्यालय), शिवालय मन्दिर दर्शन, आम चोक, बेलडाँगी २ चोक, लालीगुराँस चोक, गोलाटार चोक, ढुकुरपानी चोक, धिमाल बस्ती (महाराजस्थान) र डिपु चोक पुग्ने कार्यक्रम तय गरिएको छ।
उक्त भेटघाट कार्यक्रमले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्ने र आगामी निर्वाचनमा उम्मेदवारको योजना तथा विचारहरू साझा गर्ने उद्देश्य राखिएको निर्वाचन परिचालन समिती संयोजक बिरोध सुवेदीले जानकारी दिनुभयो ।









