खयरबारीबासीले भने, खोलो त बाँधियो अब धनीपुर्जा चाहियो

झापा,२५ माघ, २०८२ ।झापा निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाको वडा नं. ६ को खयरबारी बस्ति रतुवा खोलाको किनारामा पर्दछ । खोलाको पुर्वी किनारामा रहेको यो बस्तिले अघिल्लो दशक सम्म पनि वर्षेनी बस्ति उठाउने गरेको थियो । तर यहाँ दर्विलो गरि तटबन्धन गरिए पछि यो समस्याको अन्त्य भएको छ ।
यहि वस्तिमा आईतबार पुग्नु भयो, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

त्यहाँ पुग्दा उहाँले समेत विगतमा रतुवा खोलाले दिएको दुःखको स्मरण गर्नुभयो । बस्ति बगाउँदै गर्दा गाउँ सम्म पुग्ने सडक पनि थिएन । तर अहिले न सडकको दुःख छ न, खोलाको हैरानी । अध्यक्ष ओलीलाई यो सुविधा विस्तारका लागि धन्यवाद पनि दिए र अर्को अपेक्षा सुनाए, ‘खोला बाँधियो, बाटो आयो अब चाँहि धनीपुर्जा चाहियो ।’

स्थानीयबासीहरुले अझै पनि केहि परिवार भुमिहिन रहेको र केहि स्थानमा अव्यवस्थित बसोबासको समस्या रहेकाले भुमिसम्वन्धिको समस्या समाधान गरि दिन आग्रह गरेका हुन् । अध्यक्ष ओलीले विगतमा समेत एमाले नेतृत्वकै सरकारले भुमि सम्वन्धि समस्या समाधानका लागि आयोग गठन गरेर काम थाले पछि अर्को सरकार आएर आयोगनै खारेज गरि दिने गरेकाले समस्या समाधान हुन नसकेको बताउनु भएको थियो । शनिबार समेत कमल गाउँपालिकामा केन्द्रित हुनु भएका ओली आईतबार समेत विभिन्न बस्तिमा पुगि रहनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।