एशियन हाइवे निर्माणमा स्थानीयको चासो

पथरीमा ५० मिटरकै सडक बनाउन सडक कार्यालयलाई दवाब दिइँने

स्थानीय आन्दोलित, नगरपालिकामा दवाब, नगरपालिकाले पत्राचार गर्ने सहमति

पथरी, २५ माघ / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित पथरी बजार क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माण गर्ने भनिएपनि त्यसको निर्माण प्रक्रियाले त्यो भन्दा सानो सडक बनाउन थालिएको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।

 

सर्वपक्षीय भेलाले आज वडा नम्बर १ का पूर्व अध्यक्ष बाबुराम एङ्देन संयोजक र कमल हाङबाङ सहसंयोजक रहेको दलमा सहभागि अगुवाहरु, सरोकारवालासहितको सडक संघर्ष समिति गठन गर्दै गत भदौमा सडक परियोजनाले सहमति गरी ५० मिटरको सडक निर्माण गर्ने काम विपरीत काम थालिएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।

 

संघर्ष समिति गठन पश्चात नगरपालिका कार्यालयमा दबाब दिन पुगेको समितिको टोलीले सो सहमति अनुरुप काम नभएको भन्दै तत्काललाई पथरी बजार क्षेत्रको सडक निर्माण कार्य स्थगित गर्ने, सरोकारवाला पक्षसँग छलफल गर्ने र सडकको क्षेत्राधिकारको साढे ८२ मिटर सडक खाली गर्ने विषयमा माग अघि सारेको थियो । छलफलपछि नगर प्रमुख मोहनप्रसाद तुम्बापोले समितिका ती विषयहरुमा नगरपालिकामार्फत सडक परियोजनामा जानकारी गराउने जनाउनु भयो । यस अन्तर्गत नगरपालिकाले सरोकारवालाहरुसँग मंगलबार छलफल गराउने भएको छ । अन्यत्र यसप्रकारका सडक निर्माणमा भएका समस्या पालिकाको निर्णय अनुसार केन्द्रीय तहमा गएर समाधान गरिएको विषय पनि अध्ययन गरिने भएको छ । चोकमा वानवेबाट घुम्ने स्थल निर्माण, यात्रुलाई सडक पारगर्न पैदल मार्गलगायतका विषयलाई समावेश गरिनु पर्ने समेत माग अघि सारिएको छ । त्यसैगरी, संघर्ष समितिको बैठकले वडा नम्बर १० को जिरिखिम्ती क्षेत्रको नक्सा भएको ठाउँमा सडक नभएको अवस्थामा सडक रहेको क्षेत्रलाई हालसाबिक गर्नु पर्ने आवाज उठाउने समेत निर्णय गरेको छ । नगरपालिकामा नगर प्रमुख तुम्बापोका साथै उपप्रमुख देवीमाया काफ्‌ले, १ नम्बर वडाध्यक्ष भीमकुमार राईलाई भेटी सडक योजनाको काम सच्याउन दवाब दिइएको थियो ।

 

पथरी बजारमा सडकको साढे ८२ मिटर चौडाईको क्षेत्राधिकार खाली हुन नसक्दा ४४ मिटर चौडाईको मात्र सडक बन्ने भएपछि भविष्यका लागि सडक क्षेत्रको पूर्णरुपमा प्रयोग गरी ५० मिटरकै सडक बन्नु पर्ने आवाज उठाउँदै आएको अवस्था छ । यसक्रममा माघ ११ गते वडा नम्बर १ का वडाअध्यक्ष भिमकुमार राईको संयोजकत्वको राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले काँकडभिट्टा –लौकही सडक आयोजना पश्चिम खण्ड इटहरीमा ५० मिटर सडक निर्माणको आफ्‌ना माग अघि सारेको थियो ।

 

त्यसबेला संयोजकले मागपत्र पेस गरिसकेपछि कार्यालयका योजना प्रमुख जगत प्रजापतीले पालिका तथा वडाको अगुवाईमा सडक क्षेत्रको भाग खाली गरेपछि ५० मिटर चौडाईकै सडक निर्माण गरिने जवाफ दिनु भएको थियो । साथै उहाँले अब तत्कालै पथरी बजारमा ड्रेनको काम अघि बढाइने समेत बताउँदै ड्रेन निर्माण गर्ने सामग्री झारिएको छ । तर यसबेला सडक क्षेत्रमा नाप नक्सा गर्दा ५० मिटरभन्दा सानो सडकको प्रक्रिया देखिएपछि स्थानीयले सहमति विपरीत काम नगर्न सचेत गराउने निर्णय गरेका हुन् । पथरी खोला र लाटी होलीमा समेत पुलको चौडाइ थपिनुकासाथै सडक निर्माण हुँदा नष्टहुने खानेपानीको पाइप योजनाकैतर्फबाट व्यवस्थापन गरिदिने पनि योजना प्रमुख प्रजापतिले डेलिगेशन टोलीलाई जानकारी गराउनु भएको थियो ।

 

सरकारको नीति अनुसार साविकदेखि नै सडक क्षेत्रमा पर्दै आएको साढे ८२ मिटर क्षेत्रमा पर्ने संरचना हटाउनका लागि १ नम्बर वडा कार्यालयले ३५ दिने सूचना जारी गरिसकेको छ । सो को अवधि २८ दिन पुगिसकेको छ । पथरी बजार क्षेत्रमा ८२ वटा संरचनाका केही भाग सडकक्षेत्राधिकार भित्र पर्ने देखिएको छ । सरोकारवालाहरुसँग छलफल गरी सडकको क्षेत्राधिकार खाली गरेर सडकलाई व्यवस्थित रुपले निर्माण गरेर भावी पुस्ताका लागि हस्तान्तरण गरिने काममा यो बेलाको सचेतता आवश्यक रहेको संघर्ष समिति संयोजक एङ्देनको धारणा छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ