गुइँठाका विषयमा गौरीगञ्जबासीका अगाडि ओलीले यसाे भन्नुभाे

झापा,२६ माघ, २०८२। झापा गौरीगञ्जका बासिन्दाहरुले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोवर र गुँईठाका बारेमा दिएको अभिव्यक्तिलाई तोडमोड नगर्न चेतावनी दिएका छन् । आईतबार अध्यक्ष ओली समेत गौरीगञ्ज पुग्नु भएको समयमा स्थानीयले गोवरको सहि उपयोगका बारेमा अध्यक्ष ओलीले बोल्दा पनि केहि व्यक्तिहरुले तोडमोड गरेर भ्रम छर्न खोजेको उनीहरुले बताए ।

‘गोवर कृषिका लागि उपयोगी छ, यसलाई बरु गोवर ग्यास बनाएर उपयोग गर्दा राम्रो हुन्छ । यसको दैनिक प्रयोगले मानव स्वास्थ्यलाई हानी गर्छ’ गौरीगञ्ज ३ का श्रवण गिरीले भन्नुभयो, ‘यति सामान्य कुरालाई कसैले अनावश्यक रुपमा तोडमोड गरेर दुष्प्रचार गर्छ भने त्यो राम्रो हुँदैन ।’ पूर्वप्रधानमन्त्री ओलीले आफ्नो ठाउँमा मात्र विकास गरेको र अन्यत्र ध्यान नदिएको बताउनेहरुलाई उहाँले प्रश्न पनि गर्नु भयो, ‘हुम्लामा कस्ले मोटर बाटो लग्यो, दैलेखको ग्यास कस्ले उत्खनन् गरायो, मदन भण्डारी राजमार्ग कस्ले विस्तार ग¥यो, क्रिकेट स्टेडीयम कस्ले बनायो ? त्यस तर्फचाँहि केहि नबोल्ने अनि अनेक अफवाह फैल्याउने ?’ यस्तै उहाले गुईठा युग भनेको पुरानो युग र यसबाट मुक्ति हुन पर्ने पनि उहाले बताउनु भयो । झापा गुइठा बाल्ने युगको अन्त्य भएको र यो कुनै जातीको सस्कार समेत नरहेको उल्लेख गर्दै ओलीले भन्नू भयो “ गरिबी अन्त्य हुन पर्छ सधै गुईठानै बाल्न पर्छ र गुईठा बाल्नु कसैको परम्परा हैन “ । आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका ओली केहि दिन देखि आफ्नै निर्वाचन क्षेत्रका मतदातासँगको भेटमा सक्रिय रहनु भएको छ । आज उहाँले गौरीगञ्जका विभिन्न टोलमा पुगि मतदाताका कुरा सुन्ने कार्यक्रम छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।