एक्स्ट्रिम साताैं झापा गाेल्डकप

कठिन प्रतिस्पर्धाका बीच झापा–११ सेमिफाइनलमा प्रवेश

मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन नेपाल पोखराबीच हुनेछ ।

बिर्तामोड,  २६ माघ  । आयोजकको टिम झापा–११ फुटबल क्लब कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनलमा सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापाले सिक्किमलाई हराएर अघिल्लो चरणमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गर्न सफल भए भने सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङको प्रहारले जाली चुम्यो । सिङलिङका सुजन सुब्बाको प्रहारलाई झापाका गोलकिपर विवेक मगरले बचाए भने दिपेश क्षेत्रीको प्रहार बाहिरिएको थियो ।

खेल अवधिभर झापाले विपक्षी सिङलिङ स्पोर्टिङ क्लबलाई दबाबमा राख्यो । झापाका आधा दर्जन प्रहार खेर गएको थियो । झापाले खेलको २८ औँ मिनेटदेखि विपक्षीमाथि दबाब सिर्जना गर्न सुरु गरेको थियो । झापाका विदेशी खेलाडी ओलावाले अफिजले डिबक्सबाट गरेको पावरफुल प्रहार सिङलिङका गोलकिपर विल्सन शेर्पाले विफल बनाए ।

३८ औँ मिनेटमा झापाका समिर तामाङले गरेको प्रहार सिङलिङका गोलकिपरले बचाए । ४९ औँ मिनेटमा गोलकिपर बिट भइसकेपछि उनै समिर गोल गर्न चुके । उनको हेडर बाहिरिएको थियो । निर्धारित ९० मिनेटको अन्ततिर मौसम सुब्बाले डिबक्सबाट गरेको प्रहारलाई गोलकिपरले पञ्च गरेर बचाए ।

खेलको ५९ औँ मिनेटमा सिङलिङका कप्तान उत्तम राईले झापाका गोलकिपरसँग वान टु वानको अवस्थामा गोल गर्न सकेनन् । सिङलिङले विपक्षी पोष्टमा खासै अवसर सिर्जना गर्न सकेन ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम झापा–११ का गोलकिपर विवेक मगर घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । भोलि मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन नेपाल पोखराबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपर जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा