व्यवसायीक रुपमा सुरु हुने संघारमै तोडफोड दमक बिजनेश कम्प्लेक्स स्थानीय भन्छन् ‘स्थाई सरकार बने फेरी बन्ने छ र चल्ने छ ’

दमक, २७ माघ । दमक ३ दापगाँछीमा उभीएको सेतो यो टावर । कुनै दृष्य हेर्नकालागी बनाइको हैन । यो व्यवसायीक प्रर्वधन र सम्वर्धन गर्न बनाइएको भन्दै चर्चा गरीएको छ ।

दमक भन्ने वित्तीकै सबैको आँखा दमकको मुख्य चोक क्षेत्र,  बजारको अवस्था र स्थिती मात्रै झल्कन्थ्यो । तर अहिले दमक भन्ने बित्तिकै दमक बिजनेश कम्प्लेक्सको चीत्र पनि आउन थालेको छ ।

राज्य सञ्चानको शक्ति केन्द्रबाट सँधै हेपीएको यो ठाउँ र यहाका बासिन्दाले अहिले भने न्याए पाएका छन् । उनीहरुको घर घरमा आहिले विकासका पूर्वाधार मात्रै पुगेको छैन । अथाव सम्भावना बोकेको र यो ठाउँलाई आर्थीक र सामाजीक रुपमै जुरुक्कै उठाउने गरीको भव्य संरचना पनि ठडीएको छ ।

जेन जी आन्दोलन अघीसम्म यो सर्वसाधारणका लागी प्रवेश खुल्ला गरी अवलोकन गर्न भन्दै सञ्चालन गरीएको थियो । यहाँको बाहिरी तर्फमात्रै घुम्दा र बस्दा पनि बेग्लै आनन्द दिन थालेको थियो ।

असोज देखी यस ठाउँमा प्राविधिक कलेज सञ्चालन गर्न भन्दै ह्वाईट हाउस एजुकेशन फाण्डेशन आएको थियो । यती मात्रै नभएर यहाँ  बैंकहरुको क्षेत्रीय स्तरको कार्यालय सार्ने सम्मका काम र प्रकृया अघी बढिरहेका थीए । सुरुवातमा प्रभु बैंक आएर बस्ने र अन्य बैंकहरुपनि यही ल्याएर यो कम्लेक्सलाई थप चलायमान बनाउने गरीका प्रकृया पनि अघी बढिरहेका थीए । यससगै यसमा क्यासीनो सहितको  पाँच तारे होटल चलाउन पनि केहि विदेशी लगानीकर्ताहरुले इच्छा देखाएर प्रकृयामा सहभागी हुने क्रम जारी रहेको बताइएको छ । यी सबै काम प्रकृयागत अघी बढिरहेका बेला देशभर जेन जी आन्दोलन भयो । भदौ २४ गते जेन जी का नाममा केहि उछ्र्रींखल व्यक्तिहरुले यो कम्प्लेक्सपनि टोडफोड गरे । अहिले यहाँ भीत्र पस्न सक्ने अवस्था छैन । सिसै सिसा फुटेका छन् । टेकिसक्नुको अवस्था छैन । करिव २५ करोड बराबरको क्षती भएको बताइएको छ ।

यद्यपी यस बिजनेश कम्लेक्सको सिसा फुटेपनि स्थानीयका आशा पनि जीवतनै छन् । स्थानीय यमुना देवि गौतम भन्नु हुन्छ ‘यो टावर बनेपछि यस क्षेत्रमा धेरै विकास भएको छ । बाटो बन्यो । अन्य पूर्वाधारहरु बने । मान्छेहरु आइरहन्छन् । चहल–पहल बढिरहेको छ । यो चल्ने हो भने यसले अझै रोजगार बढाउनेमा हामी ढुक्क छौ ।’ तर यो तोडफोड भएपछि आइरहेका आगन्तुक  आउने काम पनि बन्द रहेकोमा दुःख व्यक्त गर्दै गौतम भन्नु हुन्छ यद्यपी यसलाई पूर्ण रुपमा सञ्चालन गर्न सक्ने क्षमता भएको सरकार प्रमुख आएमा यो सञ्चालन हुने छ र यसबाट यहाँ रोजगार बढ्ने छ । ’

यही ठाउँका लेखनाथ गौतम भन्नु हुन्छ जेन जी आन्दोलनमा यहाँ भएको टोडफोडले केहि गरीखाने आधार पनि टुटाएको बताउनु हुन्छ । सर्वसाधारणकालागी खुल्ला रहेका बेला यहाँ केहि स–साना व्यापार सुरु भएका थीए । यो पूर्ण रुपमा चल्न थालेपछि ती सबै थप व्यवस्थित बनेर स्थानीय स्तरमा रोजगार, स्वरोजगार बढने वाला थियो । तर अहिले ती सपना टावर फुटेझै फुटेको गौतमको भनाई छ ।

उसो त यो टावरको आसपासका क्षेत्रमा नयाँ शहर बनाउने योजना पनि थियो । ल्याण्ड पुलीङ गरेर आकर्षक घरहरु बनाउने, सबै पूर्वाधारका संरचना बनाउने र जनतालाई सो ल्याण्ड फर्काउने गरीको योजना थियो । जसकालागी ५ सय बिगाह भन्दा बढि जग्गा नागरीकको केहि समय रोक्का पनि राखीयो । तर अस्थिर सरकार र स्थानीय सरकारको कम सकृयताका कारण यहाँ नयाँ शहर बन्ने रहर पनि भएन । सो काम गर्नकालागी गठीत समितीका अध्यक्ष शान्तीराम गौतम भन्नु हुन्छ यदी यहाँ ल्याण्ड पुलीङ भएर नयाँ शहर बनेको थियो भने यहाँको सौन्दर्यता अझ बढ्ने थियो । यो ठाउँको महत्व अझ बढेर जाने थियो र तर दुर्भाव्यबस त्यो काम हुन सकेको छैन । अव यी सबै अधुरा कामलाई पुरा गर्न सक्ने गरीको नेतृत्व आगामी चुनावबाट जीताउने उहाँले संकल्प राख्नु भएको छ ।

 

अहिले यो १८ तले टावरको सबै सिसा फुटाएको छ । , मुख्य प्रवेशद्धार, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी भवनलगायतमा आगजनी तथा टोडफोडगरिएको छ ।  माथी जान सक्ने अवस्था पनि नभएको भ्यू–टावरको भित्र पनि आगो लगाइएको थियो, त्यहाँ आगो लाग्दा अटोमेटिक पानी झर्ने प्रणाली रहेकाले आगो चाहि लाग्न सकेको थिएन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।