दमक,२७ माघ, २०८२। झापाको गौरादह स्थित बालुबथानका स्थानीयबासीले देश बनाउने जिम्मा केपी शर्मा ओली बाहेक अरुलाई दिन नसकिने बताएका छन् । मतदाताहरुसँगको भेटघाटका लागि एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली पुग्दा उनीहरुले विगतका गरेका कामलेनै यो देश निर्माणको नेतृत्व ओलीले मात्र लिन सक्ने प्रष्ट भई सकेको उनीहरुले जनाए ।
तीन दशक भन्दा लामो समय देखि आफ्नो ठाउँमा विकास गर्दै आउनु भएका ओलीलाई फेरि पनि निर्वाचित गराएर पठाउन यस क्षेत्रका बासिन्दा आतुर भएको स्थानीयको भनाई छ ।
बाटो, विजुली, खानेपानी लगायतका पूर्वाधार नभएको ठाउँमा ओलीकै पहल र प्रयासले सवै सुविधाहरु प्राप्त गर्न सफल भएको उनीहरुले बताए । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेद्वार रहनु भएका एमाले अध्यक्ष ओली केहि दिन देखि मतदाताहरुसँगको भेटमा सक्रिय रहनु भएको छ

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा
काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको








