सप्तरी,२७ माघ । सप्तरीको राजविराजमा चुनाव प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह विवादमा तानिनु भएको छ् । सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा उहाँले गाडीमै बसेर स्वर्गीय गजेन्द्र नारायण सिंहको शालिकतर्फ माला फ्याँकेको देखाइएको छ । यसपछि मधेस केन्द्रित राजनीतिक वृत्त र स्थानीय बासिन्दाले यसलाई शालिकप्रति अपमानपूर्ण भएको भन्दै आपत्ति जनाएका छन् । गजेन्द्र चोक आउँदा उहाँले स्वर्गीय नेता गजेन्द्र बाबुको शालिकमा माला फ्याकेर सीधै पार्टी कार्यालयतर्फ गाडी चलाउनु भयो, जसले नेता–कार्यकर्ता र समर्थकहरूलाई निराश बनाएको छ । राजविराजका एक होटलमा खाना खाएर फर्कने क्रममा पनि उहाँ शालिकमा ओर्लिनु भएन्, र पार्टी कार्यकर्ताहरू एक घण्टाभन्दा बढी त्यहाँ पर्खंदै बसे । बालेन शाह वा रास्वपाबाट यस घटनाबारे कुनै औपचारिक धारणा सार्वजनिक भएको छैन । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उहाँ मधेश प्रदेशमा चुनावी प्रचारमा सक्रिय हुनुन्छ्।

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा
काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको








