दमक,२९ माघ । दमकको राम चोकदेखि बेलढागीसम्मको सडक पहिले ग्राभेल हुँदा स्थानीयवासीले दैनिक यात्रामा धेरै कठिनाइ भोग्नु परेको थियो। बर्खामा सडकामा हिलो हुने र हिउदमा धुलो उडेर सडकमा हिनिसक्नु हुँदैन थियो। अहिले सो सडक कालो पत्रे हुँदै गर्दा स्थानीयको जीवन सहज भएको छ। बाँकी सडकहरूमा पनि कालो पत्रे गर्ने काम जारी छ। स्थानीय सरकारले छिटो भन्दा छिटो सबै सडकमा कालो पत्रे गर्न विशेष पहल गरिरहेको जनाएको छ। यस खाले विकास र परिवर्तनले दमकका बासिन्दालाई प्रत्यक्ष सुविधा दिँदै, शहरको पूर्वाधार सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ। सडक सुधारको यो कामले केवल यात्रा सजिलो बनाएको छैन, सहरको समग्र विकासको प्रक्रिया तिव्र बनाएको छ।
सडक बनिसके पछि धेरै सहज भएको छ। पहिले अव्यवस्थीत सडकको कारण जहिले दुर्घटना हुने गथ्र्यो। तर अहिले व्यवस्थीत सडक बनिकन यात्रुलाई सहज भएको छ। यो सडकबाट बेलढागी सिवर हँदै मदन भण्डारी राजर्माग सम्म जोडीएको बताँउनु हुन्छ, देवी माया आङदेम्बे।
र्कण बाहादुर मगरको भनाइ पनि उस्तै छ, “फराकिलो सडकले स्थानीयदेखि यात्रु सबैका लागि यात्रा सहज बनाएको छ। आफ्नो गन्तव्यमा समयमै पुग्न सकिन्छ।”
दमक —२ वडाध्यक्ष प्रजापति सापकोटाका अनुसार, २०८१ साल चैतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा वडा नम्बर ७, ३ र १ को रिङ्ग रोड निर्माणको काम १५ करोड बजेटमा सुरु भएको थियो। बाँकी रहेको काम सम्पन्न गर्न लागि परेको उहाँको भनाई छ।
राम चोकदेखि बेलढागीसम्मको सडक पहिले ग्राभेल हुँदा स्थानीयले भोग्नु परेको कठिनाइ अब कालो पत्रे सडकले सहज भएको छ। बाँकी सडकमा पनि कालो पत्रे गर्ने काम जारी छ, र स्थानीय सरकारले छिटो सकेसम्म सबै सडक कालो पत्रे गर्न पहल गरिरहेको छ। स्थानीयले फागुन २१ मा चुनाव जितेर आउने उम्मेदवारबाट यही विकास र परिवर्तनको गति निरन्तर राख्ने अपेक्षा राखेका छन्। सडक सुधार र पूर्वाधार विकासले स्थानीय जीवन सहज बनाउने मात्र होइन, दमकको समग्र विकासमा नयाँ दिशा तय गर्ने काम गरेको छ।









