मतदाताको माया र विश्वास धेरै पाए :अध्यक्ष ओली

भद्रपुर,२९ माघ । काठमाडौं फर्किने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताको धेरै माया र विश्वास पाएको बताउनु भएको छ । सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं यस्तो बताउनु भएको हो ।
आज दिउँसो भद्रपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले मतदाताको माया कस्तो पाउनुभयो भन्ने जिज्ञासा राखेका थिए । अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का मतदाताबाट धेरै माया र विश्वास पाएको प्रतिक्रिया दिनुभयो ।

एक साता आफ्नो क्षेत्रमा मतदातासँग बिताउनु भएका ओलीलाई स्थानीय समस्या, विकास योजना माग र कतिपय अपुरो योजनाहरुका बारेमा जानकारी गराइएको थियो । मतदाताले अध्यक्ष ओलीलाई आफ्नो क्षेत्रका मतदाताहरुलाई बेलाबेला भेट गर्ने कार्यक्रम समेत राखिदिन सूझाव दिएका छन् । उहाँले क्षेत्रमा आफ्ना मतदाताहरुलाई पर्याप्त समय दिई छलफल गर्नुभएको थियो ।
भद्रपुर – १ स्थित हिमालीमा जलेकोको बुबाको घर हेरेर काठमाडौं फर्किनु भएका ओली फागुन ३ गते झापा आउने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।