एमाले जनताका प्रश्नबाट भाग्दैन : नेता दाहाल

दमक,२९ माघ, २०८२। नेकपा एमाले झापा क्षेत्र नं. ५ का निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले आगामी निर्वाचनमा एमालेको जीत राष्ट्रिय आवश्यकता रहेको बताउनु भएको छ । बिहिबार दमकमा सञ्चारकर्मीहरुसँग भएको अन्तरक्रियामा एमाले केन्द्रिय सदस्य समेत रहनु भएका दाहालले राष्ट्रियताको संरक्षण, पूर्वाधार विकास र आर्थिक समृद्धीका लागि एमालेले जित्न जरुरी रहेको उहाँले बताउनु भएको हो ।
यस्तै उहाँले नेकपा एमाले जनताका प्रश्नबाट भाग्ने पार्टी नभएको समेत प्रष्ट पार्नु भयो । उहाँले भन्नुभयो, ‘मतदाताले आफ्ना कुरा उम्मेद्वार र पार्टीसँग प्रष्टसँग राख्न पाउनु पर्छ र चित्तबुझ्दो जवाफ खोज्नु पनि उनीहरुको अधिकार हो । त्यसैले हामी जनताका प्रश्नबाट भाग्दैनौं, हामीलाई र हाम्रा उम्मेद्वारलाई जनतासँग छलफल र भलाकुसारीगर्न कुनै समस्या छैन ।’

राष्ट्रियताको सवालमा एमाले तथा अध्यक्ष ओलीले लिएको अडानका कारण पनि देशै भरि एमालेनै जनताको पहिलो रोजाई रहेको उहाँले जनाउनुभयो । नाकाबन्दी विरुद्ध निर्वाह गरेको जिम्मेवारी तथा लिपूलेक, कालापानी, लिम्पियाधुरा नेपालका नक्सामा समेट्ने कामबाट राष्ट्रियताको सवालमा एमाले भन्दा बलियो पार्टी र अध्यक्ष ओली भन्दा अडानको नेता अर्को नभएको नेपाली जनताले बुझेको नेता दाहालले बताउनुभयो ।

 

अहिलेको सरकार विकाश बिरोधी
पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहनु भएका नेता दाहालले अहिलेको सरकार विकास बिरोधी देखिएको बताउनु भयो । ओली नेतृत्वको सरकारका बेलामा जारी गरिएको बजेटका महत्वपूर्ण योजनाहरु कटौती गरेर, योजना रोक्का गरेर सरकारले विकाश बिरोधी चरीत्र देखाएको उहाँले जनाउनुभयो । यस्तै सुकुमबासीहरुलाई धनीपूर्जा वितरणको काम भई रहेको समयमा आयोगनै विघटन गरेर सरकार भुमिहिन तथा सुकुमबासीहरुको बिपक्षमा छ भन्ने पुष्टि भएको उहाँले जनाउनुभयो । अदालतको आदेशबाट आयोग व्युतिए पनि सरकारको असहयागका कारण काम हुन नसकेको नेता दाहालको दावि छ ।

सुकुमबासी बस्तिमा डोजर चलाउनेले भ्रम छर्दैछन्
काठमाडौमा सुकुमबासीका बस्तिमा डोजर चलाउनेहरुले झापामा आएर सुकुमबासी समस्या समाधान गर्छौं भनेको कुरा भ्रमपूर्ण रहेको झापाली जनताले बुझि सकेको नेता दाहालको भनाई थियो । एमाले अध्यक्ष ओली पहिलो चरणको भेटघाट सकेर काठमाडौ फर्कनु भएको छ । घोषणा पत्रको तयारी सकेर पुनः उहाँ झापा आउनु हुने निर्वाचन प्रचार उपसमितिका संयोजक एवम् एमाले केन्द्रिय सदस्य ईन्द्र भण्डारीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।