दमक, २९ , माघ । नेकपा एमालेको चुनाव परिचालन कमिटी झापा ५ ले बिहिवार यस भूगोलला सन्चारकर्मीसग संवाद गरेको छ । केही दिन देखि आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियान अन्तरगत घरदैलो कार्यक्रममा यहाका उम्मेदवार समेत रहनुभएका केपी शर्मा ओलीसगै हिड्दै गर्दा रिपोर्टिङमा हिडेका सन्चारकर्मीको अनुभवबारे सोधिएको थियो । सो क्रममा सन्चारकर्मीहरुले केही अभियानमा भिडको व्यवस्थापन , मिडियालाई गर्ने व्यवहारमा सुधार, मतदातासगको संवादमा दिइने जवाफ जस्ता कुरा केही सुधार गर्न सुझाब दिएका थिए ।
त्यसपछि चुनाव परिचालन मुल समिताका संयोजक देवेन्द्र दाहालले ती सवालको जवाफ दिनु भएको थियो । यसअघि देखिएका कमजोरी सुधार गर्दै थप व्यवस्थित बनाउने र अझ परिस्कृत गरेर अभियान चलाईने उहाले बताउनु भयो । यसक्रममा एमालेप्रती छरिएका केही भ्रमबारे चिर्न, पुर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेत रहनुभएका ओली र जनता बिचको संवादलाई अझ प्रभावकारी बनाउन उहालाई गाउँ गाउमा लगेर घुमाईएको उहाले बताउनु भयो । एमाले सरकारमा हुदा राष्ट्र र राष्ट्रियताका लागी केके सम्म गरेको छ, एमाले कसरी राष्ट्रियताप्रती अडिग रहन्छ भन्ने कुरा बुझाउन पनि उहालाई गाउमा लगिएको दाहालले उल्लेख गर्नुभयो । जनताले सबैखालका प्रश्न गर्न पाउने अवसरलाई थप मजबुत बनाउन र जनतास्तरबाट उठेका प्रश्नको जवाफ दिन एमाले नेतृत्व सहित जनतासग गएको र यसले जनतासग आफुहरुको सम्बन्ध अझ प्रगाढ भएको उहाले उल्लेख गर्नुभयो ।
नागरिकका असन्तुष्टलाई चिर्दै आगामी दिनमा परिस्कृत भएर नया काम गर्ने प्रतिबद्धता सहित एमाले गाउँ गाउमा छिरेको उहाको भनाई छ । जनताका आधारभुत आवश्यकता , स्थाई बसोबास , रोजगारको प्रत्याभूति , शिक्षा र स्वास्थ्य साथै पुर्वाधार विकासका क्षेत्रमा अझ ससक्त काम गर्ने गरि एमाले राष्ट्रको पहिलो शक्तिशाली पार्टी बन्ने अभियानमा एमाले लागेको पनि उहाको दावी छ । सन्चारकर्मीसगको संवाद कार्यक्रममा मिडिया परिचालन उप समिति संयोजक इन्द्र भण्डारी , एमाले जिल्ला सचिव तुलसी कार्की लगायत नेतृत्वको उपस्थिति रहेको थियो । केपी ओलीले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने ४ वटा पालिका मध्ये गौरादह नगरपालिका , कमल, गौरिगन्ज गाउपालिकाका मतदातासग प्रत्यक्ष संवाद गरिसकेको र फागुन ३ गते पछि ओलीकै उपस्थितिमा दमक क्षेत्रका ठाउँ ठाउमा घुम्ने कार्यक्रम रहेको पनि जनाईएको छ । यसपछी ओली फेरि काठमाडौ फर्केर फागुन ७ गते पार्टीको घोषणा पत्र सार्वजनिक गरिने पनि सो क्रममा जानकारी दिइएको छ ।









