हजारौं एमाले कार्यकर्ता एकै पटक जनताका घर–घरमा

दमक, १ फगुन । नेकपा एमालेले आजदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५ का सबै घरघरमा पुगेर मतदाताका सुझाव र समस्या बुझ्न एकै पटक हजारौँ कार्यकर्ता परिचालन गरिएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा क्षेत्रनम्बर ५ का निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार मतदाताका सुझाव तथा पार्टीसँग प्रत्यक्ष जोड्ने उदेश्यले भेटघाटलाई तिब्र बनाइएको हो । भेटघाटमा पार्टीका आफ्नो भूगोलमा रहने केन्द्रिय पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी, जिल्ला, क्षेत्रीय कमिटिमा रहने सबै पदाधिकारी तथा सदस्य स्थानीय टोल समितिमा आवद्ध कार्यकर्ता सहभागि रहने गरि जनताका घर घरमा पुगेर भेटघाट र छलफल गरिएको छ । यस क्रममा जनतबाट आएका सुझाव र पार्टीले खेल्नु पर्ने भूमिकाका बिषयलाई सम्बोधन गरिने जनाइएको छ ।

यस निर्वाचन क्षेत्र अन्र्तगतका २९ वटा वडाका सबै टोलमा पर्ने प्रत्येक घरमा पुगेर मतदातालाई निर्वाचनमा भाग लिन तथा नेकपा एमालेका उम्मेद्धार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिजयी गराउन समेत आग्रह गरिएको छ । झापाको दमक नगरपालिका ५ स्थित प्रशान्ति टोलमा भेटघाटमा ब्यस्त नेकपा एमालेको भातृसंगठन अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लिला ढुङ्गेल दाहालका अनुसार हामी आफ्नो क्षेत्र टोलका प्रत्येक घरमा पुगेर मतदातासँग छलफल गरि रहेका छौ । यस क्रममा धेरै मतदाताले उत्साह पूर्वक सुझाव दिएको उहाँले बताउनुभयो । भेटघाटको क्रममा जनताले दिएको आश्वाशन सुझावले आफुहरुलाई थप उत्साहित बनाएको छ दाहालकोे भनाई छ ।

यस क्रममा आगामी फागुन २१ गते हुने निर्वाचनमा देश बिकास गर्ने तथा देशको नेतृत्व गर्ने गरि नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई यो क्षेत्रबाट बिजयी गराउन सन्देश लिएर जनतासँग हामी अभियानको रुपमा अघि बढेका छौ । आज हामीले यो टोलका झण्डौ ७० घरमा पुगेर भेटघाट गरिएको जानकारी अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

पार्टीको निर्वाचन रणनीति अन्र्तगत यो क्षेत्रका सबै वडाका सबै टोल कमिटीका एकै पटक एउटै योजना लिएर नेकपा एमालेका हजारौँ कार्यकर्ता परिचालन भएका छन् । यसरी परिचालन भएका कार्यकर्ताले अहिले सामाजिक सञ्जालमा एआईको प्रयोग गरेर फैलाइएका भ्रमहरु चिर्ने काममा लािगएको छ । सामाजिक सञ्जालमा लेखिने, बोलिन ज्यादै निकृष्ट शब्दहरुले समाजमा नकारात्मक सोचको बिकास भइरहेको छ ।

जसका कारण मिलेर बसेको नेपाली समाजको आत्मियता, सद्भाव र सम्भ्यता समेत गुम्दै गएको छ । यसलाई प्रस्ट पार्दै जनतालई भय रहित समाजमा रुपान्तरण एमालेको यो अभियान रहेको जनाइएको छ । जनतासँग एमाले सधै साथमा नै रहेको छ । आफ्नो टोलमा कुनै पनि उत्श्रृखल गतिबिधि र भ्रामक प्रचार गरेर दुर्घटना हुन नदिने गरि समाजमा एक आपसमा सद्भाव र मित्रवत व्यवहार कायम राख्न सबैमा अनुरोध समेत गरिएको जनाइएको छ । आजदेखि सबै टोलमा यो अभियानको रुपमा अघि बढाइएको छ । यो क्रम केही दिनसम्म निरन्तर जारी रहने समेत जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।