केपी ओलीको घरदैलोः नेताको रिपोर्ट भन्दा मतदाताको रिपोटिङले नयाँ उत्साह

दमक, २ फागुन। पछिल्लो समय नेकपा एमाले माथी एउटा समुहले निमर्म प्रहार गरीरहेको छ । अन्य शिर्ष दलहरुभन्दा पनि एमाले र एमालेको पनि केपि शर्मा ओली माथी उनीहरुको प्रहार देशव्यापीनै छ । तर ती अधिकांश प्रहार अप्रमाणीत आरोप र आलोचनामा आधारीत छन् । संविधान , कानुन र बिधिलाईनै गलत ढंगले व्याख्या गर्दै भइरहेको प्रहारले जनतामा भ्रम पनि बढाइरहेको छ । मतदातालाई अन्यौलमा समेत परीरहेका छन् । यसरी बिभीन्न अरोप लगाउँदै मतप्रभावीत गराउने गरीएपछि नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओली नागरिकसग संवाद गर्दै गाउँ गाउँ छिर्नुभयो ।

आसन्न प्रतिनिधीसभाको निर्वाचन नजिकीदै गरेको सन्दर्भमा झापा क्षेत्र नं ५ बाट उम्मेदवार समेत रहनु भएका ओली आफ्ना निर्वाचन क्षेत्रका नागरिकको घर दैलौमै पुगेर स्थिती र अवस्थाबारेमा नागरीकलाई बुझाउनु भयो । विपक्षीले चलाएको हल्ला र त्यसको तथ्य सहितको सत्यकुराहरु उहाँले नागरिकलाई बुझाइरहनु भएको थियो ।

मतदाताहरुले ओलीलाई भेट्दा निकै हत्तासीएको जस्तो देखिन्थे । तपाई किन ढिला आउनु भएको ?यहाँ गाउँमा तपाईका विरुद्धमा नानाभाती भन्दै हिडीरहेका छन् , हामीलाई त तपाईलाईनै केहि हुन्छ कि भन्ने पीर लागीरहेको थियो । धन्न आउनु भयो । मतदाताले यस प्रकारका सुवेक्षा देखाएर ओलीलाई गाउँ गाउँमा स्वागत गरेका थीए ।

ओलीप्रतिको नागरीकको चीन्ता निकै बढेको पाइएको थियो । उहाँ जहाँ जहाँ जानु हुन्थ्यो त्यहाँ त्यहाँ उहालाई स्वागत गर्न फूलका गुच्चा , माला सहित मतदाता तयारी अवस्थामा हुने गरेका थीए ।
ओली गाउँमा बसेपछि स्थानीयलाई अंकमाल गर्दै, हात मिलाँदै, धाप मार्दै सोध्नु हुन्थ्यो गाउँको खवर के छ ? गाउलेहरु गाउँमा नकरात्मक प्रचार बढ्न थालेको, तपाईका विरुद्धमा क्याम्पीयन चलीरहेको , पार्टि भीत्रैबाट पनि तपाईलाई घेराबन्दीमा पारेको जस्ता राजनैतिक स्थितीका बारेमा खुलेर सुनाउने गर्दथे ।

अनी कतीपयले चाहि आफ्ना आवश्यकता र समस्याका बारेमा स्पष्ट माग समेत राख्ने गरेका थीए । वर्षौ देखि सुकुम्बासी बनेर बस्यौ, तपाईलेनै धनीपुर्जा दिनु हुन्छ भन्नु हुन्थ्यो तर अझै पाइएन किन ? वर्षौ देखि यहाँको बाटो बन्छ भन्दै आश्वाशन पाइयो तर सुरक्षीत सडक अझै भएन किन ? हाम्रो ठाउँमा सुविधा सहितको सरकारी विद्यालय भएन ,भएका विद्यालयले गुणस्तरीता बढाउन सकेनन , त्यसको सुधार गरिदिन पर्यो, रतुवा नदि अझै पूर्ण रुपमा तटबन्धन भएको छैन, यसले दिएको सास्ती कहिले हट्छ ?

नागरिकका यस्ता प्रश्न , आकक्षा र मागहरु ओलीले शान्त भएर सुन्नु हुन्थ्यो । त्यसपछि उहाँले सबै प्रश्न र आकक्षाका बारेमा स–बिस्तार सुनाउनु हुन्थ्यो ।
सबैभन्दा धेरै सोधीएको सुकुम्बासीहरुको प्रश्नमा ओलीको जवाफ थियो ‘ हामीले अन्तिम आयोग बनाएर धेरै ठाउँमा पुर्जा समेत बाढ्न सुरु गरेका थियौ । लगबग सबै ठाउँमा निस्सा दिसकेका छौ । नापजाँज र अन्य प्राविधिक काम सकेर अन्तिम अवस्थामा पुगेको थियो । तर भदौ २३ र २४ गते जेन जी आन्दोलन भयो । त्यसपछि बनेको सरकारले आयोगनै खारेज गर्यो । हामीले पुर्जा बाढ्न ठिक्क पारेको आयोगमाथी सबैभन्दा पहिला यो सरकारले प्रहार गर्यो । यद्यपी अव हामी सरकारमा पुगेपछि सबैभन्दा पहिला यही काम गर्छौैै । ढुक्क हुनुहोस । ’

सडकहरु क्रमागत रुपमा निर्माण हुदै भएको, ठुला र महत्वपूर्ण राजमार्गहरु अहिले निर्माणको अन्तिम चरणमा पुगेको र भीत्री सडकहरुकालागी पनि क्रमागत रुपमा बजेट हाल्ने काम भएको थियो । केहिका ठेक्का पनि लागेको थियो । तर अहिलेको सरकारले यस क्षेत्रका सबै योजना र बजेट नै कटौती गरिदियो । उहाँले जवाफका क्रममा भन्नु हुन्थ्यो । तथापी हामी एमालेले फेरी सरकार बनाउने र ती रोकीएका कामलाई निरन्तर्ता दिने बिस्वास पनि उहाँले दिलाई रहनु भएको थियो ।

यो अभियानमा ओली नागरीक जहाँ बसेका छन् त्यही गएर प्रत्यक्ष भेट्नु हुन्थ्यो । चिया पसलमा भए त्यही पस्नु हुन्थ्यो, फलैचा वा चौतरो भए त्यही बस्नु हुन्थ्यो । यती मात्रै नभएर घर घर भित्र समेत पसेर नागरीकको अवस्था र स्थिती बारेमा जानकारी लिने गर्नु हुन्थ्यो ।
फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा ५ आउनु भएका अध्यक्ष ओलीले तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग साक्षात्कार गरेर अहिले काठमाडौ फर्कनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।