अनुसन्धान जारी

इलाममा दिदीबहिनीबीच झगडा हुँदा एक को मृत्यु

इलाम, २ फागुन । इलाममा दिदीबहिनीबीच कपाल लुछालुछ हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो दिउँसो २ः५५ बजे इलाम फाकफोकथुम गाउँपालिका १ ठिङगेपुर बस्ने खम्बसिंह लिम्बूकी छोरी बर्ष २९ की अन्जली लिम्बू र उनका काका सोही ठाउँ बस्ने खेमबहादुर लिम्बुकी छोरी बर्ष ३७ की पुष्पा लिम्बूबिच घरायसी विवादका कारण झगडा भएको थियो । त्यसक्रममा कपाल लुछालुछ हुँदा अन्जली लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

इलाका प्रहरी कार्यालय मंगलबारे इलामबाट शवको कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम हुँदै आज दिउँसो १२ः२५ बजे एम्बुलेन्सद्वारा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । झगडामा संलग्न पुष्पा लिम्बूलाई नियन्त्रणमा लिई इलका प्रहरी र्कायलय मंगलबारेमा ल्याई राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।