चन्द्रगढी विमानस्थलको सुरक्षा व्यवस्था कडा

झापा,२ फागुन । निर्वाचनको ‘इपिसेन्टर’ का रूपमा चर्चामा आएको झापामा देशभरका शीर्ष नेता र उम्मेदवारहरूको बाक्लो आवतजावत बढेसँगै चन्द्रगढी विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको स्रोतले जनाएको छ ।

 

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भद्रपुर–८ स्थित चन्द्रगढी विमानस्थल परिसरमा नेपाली सेना परिचालन गरिएको छ। विमानस्थलको टर्मिनल बाहिरको सुरक्षा जिम्मा लिँदै अरिदमन गण चारआलीका मेजरको कमाण्डमा सेनाको एक नफ्री तैनाथ गरिएको छ । हालका लागि करिब २५ जना सैनिक खटाइएको बताइएको छ ।

 

चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख किशोरकुमार खत्रीका अनुसार विमानस्थलको पेरिमिटर बाहिर सेनाले सुरक्षा सम्हालेको छ भने पेरिमिटरभित्रको सुरक्षा विमानस्थलका सुरक्षा गार्डले हेर्ने व्यवस्था मिलाइएको स्रोतले जनाएको । प्रहरी नायब निरीक्षकको कमाण्डमा २५ जना प्रहरी विमानस्थल सुरक्षा गार्डका रूपमा खटिएका छन् ।

 

निर्वाचन मिति नजिकिँदै जाँदा काठमाडौँबाट हवाई मार्ग हुँदै झापा आउने–जाने राजनीतिक व्यक्तित्वको संख्या उल्लेख्य रूपमा बढेको छ । झापा–५ बाट उम्मेदवारी दिनुभएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली केही दिनमै चन्द्रगढी विमानस्थल हुँदै दुईपटक झापा आएर काठमाडौँ फर्कनुभएको हो । केपी शर्मा ओलीका प्रतिस्पर्धीको रूपमा देखिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) एकपटक सोही विमानस्थल प्रयोग गरी झापा आउनुभयो ।

 

झापा–३ का उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, इलाम–२ का उम्मेदवार सुहाङ नेम्बाङ, एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पनि चन्द्रगढी विमानस्थल नै प्रयोग गर्दै आउनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँका परिवारका सदस्यहरू यही विमानस्थल हुँदै राजधानी ओहोरदोहोर गर्ने गर्नु भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै थप सतर्कता अपनाइएको विमानस्थल कार्यालयले बताएको छ । झापाका उम्मेदवार मात्र होइन, इलाम, पाँचथर र ताप्लेजुङका उम्मेदवारले चन्द्रगढी विमानस्थललाई मुख्य आवागमन बिन्दुका रूपमा प्रयोग गरिरहेका छन् ।

दैनिक करिब एक हजार ८०० यात्रु आवतजावत गर्ने चन्द्रगढी विमानस्थल देशकै सातौँ ठूलो विमानस्थलका रूपमा चिनिन्छ । यहाँ दैनिक १३ वटा विमानले उडान भर्ने गरेको स्रोतले जनाएको छ् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।