झापा मोडलमा सञ्चालीत ‘जेम्स मुन २.०’, के हो र यसले विद्यार्थीलाई के सिकाईरहेको छ?

दमक, २ फागुन । दमकमा कक्षा कोठाभित्र सीमित रहने पढाइभन्दा एक कदम अघि बढ्दै विद्यार्थीहरू अहिले विश्व राजनीतिका गम्भीर मुद्दामा छलफल गरिरहेका छन्। झापाको दमकमा रहेको झापा मोडल अंग्रेजी विद्यालयले नमुना संयुक्त राष्ट्र संघ अर्थात् मोडल यू एन बैठक सञ्चालन गरेको छ।

विद्यालयले ‘जेम्स मुन २.०’ नाम दिएको यो कार्यक्रममा झापा मोडल अंग्रेजी विद्यालयसहित आसपासका ७ वटा विद्यालयका गरी कम्तीमा १२५ जना विद्यार्थी सहभागी छन्। यो कार्यक्रममार्फत विद्यार्थीहरू विश्वका विभिन्न देशका प्रतिनिधि बनेर समसामयिक अन्तर्राष्ट्रिय विषयमा बहस गरिरहेका छन्।
अभ्यास ठीक त्यसैगरी गरिएको छ, जसरी वास्तविक रूपमा संयुक्त राष्ट्र संघ को बैठक सञ्चालन हुन्छ। बैठक कक्षमा हरेक देशको पहिचान झल्किने नेम प्लेट राखिएको छ, राष्ट्रिय झण्डा टेबुलमा सजिएको छ।
अध्यक्ष र उपाध्यक्षको टेबुलबाट संकेत पाएपछि मात्रै विभिन्न देशका नमुना प्रतिनिधिहरूले आफ्ना धारणा राखिरहेका छन्।

विद्यार्थीहरूलाई यसअघि काठमाडौं विश्वविद्यालय को टोलीले विशेष तालिम दिएको थियो।तालिमपछि छनोट भएका विद्यार्थीहरूलाई मोडल यू एन बैठकमा सहभागी गराइएको हो। कार्यक्रमका क्रममा चारवटा छुट्टाछुट्टै समिति बनाएर विषयगत एजेण्डामा गहिरो छलफल भइरहेको छ।
एक समितिमा विश्वव्यापी वातावरणीय अवस्था, ग्लोबल वार्मिङको प्रभाव र यसको न्यूनीकरणका उपायबारे छलफल भयो। रोशन ढकालको नमुना बैठकमा विद्यार्थीहरूले विभिन्न देशमा अपनाइएका वातावरण संरक्षणका अभ्यास प्रस्तुत गरेका थिए।

अर्को समितिको नेतृत्व अभिषेक गिरीले गर्नु भएको थियो । यहाँ अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा अवस्था, राष्ट्रिय सेनाको प्रयोग कहिले र कुन अवस्थामा उचित हुन्छ भन्ने विषयमा देशगत अभ्यासका आधारमा बहस भयो।

यसैगरी शरोज दाहालको नेतृत्वमा विश्व अर्थतन्त्र र वित्तीय अवस्थामाथि छलफल भयो। विश्व बजारलाई अहिले के कुराले प्रभाव पारिरहेको छ, प्रतिव्यक्ति आय कसरी बढाउन सकिन्छ भन्ने विषय मुख्य एजेण्डा बने।

एलिज सिटौलाको नेतृत्वमा रहेको समितिले अर्थतन्त्र र सामाजिक उत्तरदायित्वका विषय उठाएको थियो। डिजिटल माध्यममार्फत महिलामाथि भइरहेको हिंसा र त्यसको न्यूनीकरणका उपायबारे गम्भीर छलफल गरियो।
बाईट एलिज सिटौलो, विद्यार्थी, झापा मोडल अग्रेजी विद्यालय दमक
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष भनेको अध्ययन विधि हो। विद्यार्थीहरूलाई एआई, विकिपिडिया वा गुगलमा भर नपरी सरकारी पोर्टल, आधिकारिक जर्नल र अन्तर्राष्ट्रिय प्रतिवेदन अध्ययन गर्न सिकाइएको छ। त्यही तथ्य र प्रतिवेदनका आधारमा उनीहरूले आफूले प्रतिनिधित्व गरेको देशको धारणा राखिरहेका छन्।

अघिल्लो वर्ष पनि यस्तै कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ।यसले विद्यार्थीको वाक्कला मात्रै होइन, अनुसन्धान क्षमता, प्रस्तुति शैली, अनुशासन र अन्तर्राष्ट्रिय मञ्चमा बोल्ने आत्मविश्वाससमेत विकास गरिरहेको छ। झापा मोडल अंग्रेजी विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठका अनुसार, यस्ता अभ्यासले विद्यार्थीलाई भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा पुग्दा कुन विषय कसरी र कुन सीमाभित्र रहेर उठाउने भन्ने स्पष्ट पार्न सक्ने छ ।
शुक्रबार सुरु भएको जेम्स मुन २.० कार्यक्रम आइतबारसम्म सञ्चालन हुनेछ। कक्षा ७ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू यस कार्यक्रममा सहभागी छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ