कोशी प्रदेश सरकारले आठ वर्षमा उल्लेख्य प्रगति गर्‍यो:मुख्यमन्त्री हिक्मत कार्की

विराटनगर,३ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले स्थापनाको आठौं वर्षमा उल्लेख्य प्रगति गरेको बताउनु भएको छ । आज आइतबार कोशी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशमा उल्लेख्य काम भएपनि त्यसलाई नजरअन्दाज गरेर नकारात्मक प्रचार मात्र गरिएको बताउनु भयो।

 

मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा नेपालको संविधान २०७२ जारी भएपछि २०७४ साल मंसिरमा प्रदेश सभाको निर्वाचन सम्पन्न भई फागुन ३ गते गठन भएको कोशी प्रदेश सरकार आज नवौं वर्षमा प्रवेश गरेको उल्लेख गरिएको छ। मुख्यमन्त्री कार्कीले सात दशक लामो संघर्ष र ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को जगमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार प्रदेश सरकार सञ्चालन हुँदै आएको र छोटो अवधिमै महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनु भएको छ । भौतिक पूर्वाधार निर्माणदेखि सामाजिक विकास र नागरिकको जीवनस्तर उकास्न प्रदेश सरकारले उल्लेखनीय प्रगति गरेको उहाँले दाबी गर्नु भएको छ ।

 

प्रदेश सरकारका कामलाई नजरअन्दाज गर्दै प्रदेश संरचनामाथि प्रहार हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले वर्तमान परिस्थितिमा पारदर्शिता, जवाफदेहिता, जनमुखी सेवा र सुशासनलाई प्राथमिकता दिँदै प्रदेश सरकार अघि बढिरहेको चर्चा गर्नु भएको छ । प्रदेश सरकारले अनुभव अभिवृद्धि गर्दै आवश्यक कानुन निर्माण र कार्यान्वयनमा संघीय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वलाई जोड दिएको उहाँले उल्लेख गर्नु भएको छ् ।

 

प्रदेश सरकारले ‘प्रदेशले केही गर्न सक्दैन’ भन्ने नकारात्मक प्रचारलाई चिर्दै लगानी सम्मेलन आयोजना गरेको त्यो सम्मेलनमा करिब दुई खरबको लगानी प्रतिबद्धता प्राप्त कार्यान्वयनका चरणमा जानु महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नु भएको छ । पर्यटन वर्ष घोषणा तथा पदमार्ग निर्माणमार्फत पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने प्रयास भइरहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। सडक सञ्जाल विस्तार र पुल निर्माणलाई प्राथमिकतामा राखिएको तथा कोरोना कालमा प्रभावकारी काम गर्दै जनताले अनुभूति गर्ने सरकारको रूपमा प्रदेश सरकारले भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नु भएको छ ।

 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारलाई देखिने, सुन्ने र अनुभूति गर्न सकिने सरकारका रूपमा विकास गर्दै जनताको सरकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।